साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ११.४६ अंकले घटेको छ।
आज नेप्से ०.५९ प्रतिशतले घटेर १९२६.२८ बिन्दुमा पुगेर बन्द भएको छ।
यस दिन २२१ वटा धितोपत्रको ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँ बराबरको कारोबार भएको छ।
आइतबार मैलुङ खोला जलविद्युतको सेयर मूल्य सबैभन्दा धेरै ४.५६ प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार ५०४ रुपैयाँ पुगेको छ।
त्यस्तै, सामुदायिक लघुवित्तको सेयर मूल्य ३.८९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ४६६ रुपैयाँ १० पैसा कायम भएको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा सानिमा लार्ज क्याप फण्ड रहेको छ। योजनाको मूल्य ५.३७ प्रतिशतले घटेर इकाइ मूल्य ७ रुपैयाँ ७५ पैसामा झरेको छ।
त्यस्तै, छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य ५.३३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २२७ रुपैयाँ २० पैसा कायम भएको छ।
यस दिन सर्वाधिक सेयर खरिद–बिक्री हिमालयन एभरेष्ट इन्स्योरेन्सको भएको छ। कम्पनीको ३ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा १.२६ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ४०६ रुपैयाँ ७० पैसा कायम भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नबिल बैंक रहेको छ। उक्त कम्पनीको ७५९ रुपैयाँमा ३ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये अन्य समूहको परिसूचक ०.२९ प्रतिशतले बढेको छ भने बाँकी समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन जलविद्युत समूहको परिसूचक सर्वाधिक १.५४ प्रतिशतले घटेको छ।