स्मार्ट टेलिकमले न्यूरोडको पाकोमा नयाँ स्मार्ट सेन्टर स्थापना गरेको छ।
सेन्टरबाट ग्राहकले स्मार्टका सम्पूर्ण सेवा प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ। शाखाको उद्घाटन स्मार्ट टेलिकमका प्रमुख प्रशासन अधिकृत सजिन राजभण्डारीले गरे।
टेलिकमले हालै “डबल योर ह्याप्पिनेस” योजना प्रस्तुत गरेको छ। योजनाअन्तर्गत ९९ रुपैयाँमा स्मार्टको सिम खरिदगर्दा एउटा सिमकार्ड निःशुल्क दिईने छ। दुबै सिममा १ जिबी डाटा रहेको कम्पनीले जनाएको छ।
साथै, कम्पनीले आकर्षक दरमा डाटा प्याक, अन्तर्राष्ट्रिय दूरसञ्चार सेवा, भ्वाइस तथा एसएमएस प्याक प्रदान गर्दै आएको छ । कम्पनीले काठमाडांै तथा पोखरामा फोरजी सेवा प्रदान गर्दै आइरहेको छ।