दसैँ नजिकिएसँगै बजारमा किनमेल गर्नेहरुको चहलपहल बढेको छ। लत्ताकपडासँगै विद्युतीय सामानको समेत यतिबेला व्यापार बढेको व्यवसायी बताउँछन्।
उनीहरुका अनुसार विद्युतीय सामानमध्ये टिभीको व्यापार उच्च छ। विभिन्न कम्पनीले दसैँ अफर ल्याएकाले पनि टिभीको व्यापार बढेको व्यवसायीको भनाइ छ।
कुमारीपाटीस्थित सिजी शोरूमका इन्चार्ज भिक्की शाही सिजीका सबैजसो सामानमा दसैँ विशेष अफर रहेको बताउँछन्। अहिले बजारमा सिजीका २० हजारदेखि साढे २ लाखसम्मका एलइडी टिभी पाइन्छ।
कतिपयले घरमा सामान जोड्न समेत दसैँको मौका पर्खने भएकाले व्यापार व्यवसाय बढाउन समेत छुट जरुरी भएको उनको भनाइ छ। ‘प्रविधिको विकाससँगै विद्युतीय सामान छिट्टै परिमार्जन हुने गर्छ, ग्राहकले नयाँ नयाँ प्रविधि खोज्छन्’ उनले भने।
आफ्नो शोरुममा विशेषतः एलइडी टिभी, फ्रिज र साउन्ड सिस्टमका सामानमा ग्राहक बढी आकर्षित हुने गरेको उनी बताउँछन्। ‘टिभीमा अहिले ग्राहकलाई बम्पर उपहार दिएका छौँ’, उनले भने ‘३२ देखि ५५ इञ्चका टिभीमा २० देखि ३० प्रतिशत सम्म छुट छ।’
उनका अनुसार ४३ इञ्चको ‘फोरके’, ४९ र ५५ इञ्चका स्मार्ट र नर्मल दुबै टिभीमा ‘टु इन वान स्पिकर’सहित ३ वर्षको वारेन्टी दिइएको छ। त्यसैगरी ४९ र ५५ इञ्चको फोरके टिभीमा ५ इन वान स्पिकरसहित ३ वर्षको वारेन्टी दिइएको उनले बताए। ६५ इञ्चको फोरके टिभीमा ५ इन वान स्पिकर दिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार सिजीको अन्य २० देखि ३२ इञ्च सम्मको टिभीमा ‘क्यास ब्याक’ र ३ वर्षको वारेन्टी दिइएको छ। त्यसैगरी, सोनी कम्पनीले पनि ३२ देखि ६० इञ्च सम्मको टिभीमा १५ देखि ३० प्रतिशत सम्म छुट दिएको जनाएको छ।
सामसुङले पनि २४ देखि ५५ इञ्चको टिभीमा दसैँ अफर स्वरूप २० देखि २५ प्रतिशतसम्म छुट दिएको छ।
छुटपछि कुन टिभीको मूल्य कति ?
सोनी टिभी
साइज (इन्चमा) | साबिकको मूल्य (रुपैयाँ) | छुटपछिको मूल्य (रुपैयाँ) |
३२ | ४८ हजार | ३८ हजार ४ सय |
४० | ६८ हजार | ५४ हजार ४ सय |
४३ | ९५ हजार | ७६ हजार |
४८ | १ लाख १५ हजार | ९२ हजार |
४९ | १ लाख ६२ हजार | १ लाख २१ हजार ५ सय |
६० | २ लाख ५५ हजार | २ लाख १६ हजार ७ सय ५० |
सामसुङ टिभी
साइज (इन्चमा) | साबिकको मूल्य | छुटपछिको मूल्य |
२४ | २४ हजार ४ सय ९० | २० हजार ८ सय १६ |
३२ | ५२ हजार ७ सय ९० | ४१ हजार ७ सय |
४० | ८० हजार | ६६ हजार ४ सय |
४३ | ८३ हजार | ६५ हजार ५ सय ७० |
५० | १ लाख ६८ हजार | १ लाख २७ हजार ६ सय ८० |
५५ | १ लाख ८४ हजार | १ लाख ३४ हजार ३ सय २० |
सिजी (एलइडी) टिभी
साइज (इन्चमा) | मोडल | साबिकको मूल्य | छुट मूल्य | |
२० | | | | |
डि १५०४ | १७ हजार ९ सय ९० | १२ हजार ७ सय ९० | |
२२ | डि ३३०५ | १७ हजार ३ सय ९० | १३ हजार ४ सय ९० | |
डि १५०४ | १९ हजार २ सय ९० | १४ हजार ९ सय ९० | |
२४ | डि ३३०५ | १९ हजार ३ सय ९० | १४ हजार ८ सय ९० | |
डि १००४ | २० हजार ६ सय ९० | १६ हजार ५ सय ९० | |
| |
३२ नर्मल | डि १००४ | २९ हजार ९ सय ९० | २३ हजार ९ सय ९० | |
डिआइएन ०८ | २९ हजार ९ सय ९० | २३ हजार ९ सय ९० | |
डि एन ४०७ | २९ हजार १ सय ९० | २३ हजार २ सय ९० | |
३२ स्मार्ट | डि १६०४एस | ३४ हजार १ सय ९० | २६ हजार ९ सय ९० | |
डिसी १०० एस | ५५ हजार ५ सय ९० | ४४ हजार २ सय ९० | |
४३ स्मार्ट | डिसी १०० एस | ५५ हजार ५ सय ९० | ४४ हजार २ सय ९० | |
| |
डिसी २०० यु | ७१ हजार ६ सय ९० | ६२ हजार ९ सय ९० | |
५५ नर्मल | डि १००४ यु | ९५ हजार १ सय ९० | ८४ हजार ७ सय ९० | |
डिसी २०० यु | ८७ हजार ९० | ७७ हजार ५ सय ९० | |