एनसेलले चाडपर्वको अवसरमा ल्याएको ‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत पाँचौ, छैठौं र सातौ हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ।
प्रत्येक हप्ता १० भाग्यशाली ग्राहकले जनही एक लाख रुपैयाँ जित्ने ‘रिचार्ज एण्ड विन’ १० हप्तासम्म संचालनमा रहने अफर हो। भदौ १७ गतेबाट यो अफर सुरु भएको हो।
एनसेलका प्रमुख प्रविधि अधिकृत मुहम्मद अदील इस्रारले पाँचौ हप्ताका दुई विजयीहरु सन्तोष श्रेष्ठ (मकवानपुर) र जितेन्द्र कुमार चौधरी (रौतहट)लाई जनही एक लाखको नगद पुरस्कार हस्तान्तरण गरे।
सोही कार्यक्रममा उनले छैठौं हप्ताका विजयी मध्येका पाँच जना सुक बहादुर धुङ्ग (पर्सा), सीता देवी जोगी (सुनसरी), प्रल्हाद प्रसाद गुप्ता (सप्तरी), डम्बर बहादुर थापा (सिन्धुली) र सुर्यमति अहिर (रुपन्देही) लाई पनि जनही एक लाख रुपैयाँका दरले पुरस्कार हस्तान्तरण गरे।
त्यसैगरी सातौ हप्ताका विजयी मध्येका एक बाराकी मेनका कुमारी रौनियारले बिहीबार पुरस्कार ग्रहण गरिन्।
एनसेलले बिहीबार नै चौंथों हप्ताका विजेताहरु मध्येका एक रुकुमका कुल प्रसाद ओलीलाई दाङ्गस्थित सेन्टरबाट नगद पुरस्कार हस्तान्तरण गरेको छ।
सातौं हप्तामा छानिएका १० मध्ये तीन विजयी योजनाको शर्त बमोजिम पुरस्कारका लागि अयोग्य ठहरिएकाले उनीहरुको स्थानमा तीन नयाँ भाग्यशाली विजेता ग्राहकको छनौट आठौं हप्तामा लाइभ ड्र मार्फत नै हुने एनसेलले जनाएको छ। तीन नयाँ विजयीहरु सातौं हप्ताका लागि वितरण गरिएको कोड नम्बरहरुबाट नै छानिने छन्।
‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत सातौं हप्तासम्ममा ६७ जना भाग्यशाली विजेताहरुले जनही एक लाख जित्न सफल भएका छन्। यी मध्ये ४४ जनाले आफ्नो नगद पुरस्कार ग्रहण गरिसकेका छन् भने प्रमाणित भईसकेका समेत गरी बाँकी २३ विजयीहरुलाई आवश्यक प्रक्रिया समापन भए लगतै काठमाडौं लगायत उपत्यका बाहिर अवस्थित एनसेल सेन्टरहरुबाट नगद पुरस्कार प्रदान गरिने कम्पनीले बताएको छ।
‘रिचार्ज एण्ड विन’ अफरमा सप्ताहभर १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्दछन्। यस अन्र्तगत प्रत्येक हप्ता १० जना विजयी ग्राहकले जनही एक लाख नगद पुरस्कार पाउँछन् । नगद पुरस्कारमा लाग्ने कर कम्पनीले नै व्यहोर्दछ।
यो योजना एनसेलले साप्ताहिक चक्रमा संचालन गरिरहेको छ, जसको शुरुवात आइतबार हुन्छ भने समापन शनिबार हुन्छ। ग्राहकले आइतबार देखि शनिबार सम्मको अवधिमा गरेको प्रत्येक १०० बराबरको रिचार्जका आधारमा एसएमएस मार्फत एउटा कोड प्राप्त गर्छन्।
उदाहरणको लागि ग्राहकले आइतबार देखि शनिबार सम्ममा २५० को रिचार्ज गरेका छन् भने सो सप्ताह लगत्तैको सोमबार सम्ममा एसएमएस मार्फत दुई वटा विशेष कोडहरु प्राप्त गर्छन्।
प्रत्येक हप्ताको १० भाग्यशाली ग्राहकहरुको छनौट मंगलबार प्रत्यक्ष प्रशारण हुने लाइभ ड्र कार्यक्रम मार्फत गरिन्छ। चर्चित व्यक्तित्वहरुको उपस्थितीमा हुने सो कार्यक्रम मंगलबार साँझ ७ः०० बजे एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुन्छ।