साओमीले पहिलो पटक पोकोफोन सब ब्राण्डको एफवान स्मार्टफोन नेपाली बजारमा ल्याएको छ।
आज सार्वजनिक भएको एफवान, पोकोफोन ब्राण्डको पहिलो स्मार्टफोन हो।
अत्याधुनिक क्वालकोम स्नापड्रागन ८४५ प्लाटफर्म, प्रभावशाली लिक्विड कुल टेकनोलोजी कुलिङ्ग सिस्टम र ४ हजार एमएएचको ब्याट्री फोनको बिशेषता रहेको साओमी नेपालका कन्ट्री जेनरल म्यानेजर सौरभ कोठारीले दावी गरे।
फोन कात्तिक २५ बाट ३४ हजार ९ सय ९९ मा किन्न सकिने कम्पनीले जनाएको छ। यसमा ६ जिबि ¥याम र ६४ जिबि रोम हुनेछ।