स्मार्ट, टेलिकमकम्पनीले हालै आफ्ना ग्राहकहरुलाई डबल डाटा अफर ल्याएको छ । यस योजनाअन्तर्गत स्मार्टको डाटा खरिद गर्दा वा रिचार्ज कार्डको खरिदमाडबल डाटा प्राप्त गर्न सकिने छ ।
अब स्मार्टको कुनै पनि डाटा प्याकखरिद गर्दा ग्राहकले डबल डाटा प्राप्त गर्ने छन् ।
५०० एमवि, १ जिबी, २ जिबी र ५ जिबी डाटा प्याक जुन प्याक खरिद गरिन्छ सोही अनुसार थप ५०० एमवि, १ जिबी, २ जिबी र ५ जिबी डाटा प्याक प्राप्त गर्न सकिन्छ ।
साथै डबल डाटा रिचार्ज कार्डको खरिदमा पनि लागू गरिएको छ । अब हरेक रिचार्जमा अतिरिक्त डाटा प्राप्त गर्न सकिन्छ । २०० एम बि देखि ३ जिबी सम्म रिचार्ज मार्फत अतिरिक्त डाटा पाइने छ ।
१०० रुपैयाँ रिचार्ज गर्दा, ग्राहकले ९८.०४ रुपैयाँ मेन ब्यालेन्स पाउने कम्पनीले जनाएको छ। २०० एमवि २०० एम बि डाटा, १० मिनेट टकटाइम र १० वटा एस एम एस को थप लाभ पनि पाइने छ ।
त्यसै गरी २०० को रिचार्ज गर्दा १९६.०८ रुपैयाँ मेन ब्यालेन्स ४०० एमवि ४०० एम बि डाटा, २० मिनेट टकटाइम र २० वटा एस एम एस को थप लाभ पाइने छ भने ५०० को रिचार्ज गर्दा ४९०.२० रुपैयाँ मेन ब्यालेन्स पाइने १.५ जिबी १.५ जिबी डाटा, १०० मिनेट टकटाइम र १०० वटा एस एम एस को थप पाइने कम्पनीद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ।
त्यस्तै १००० को रिचार्ज गर्दा ९८०.४० रुपैयाँ मेन ब्यालेन्स पाइन्छ भने ३ जिबी ३ जिबी डाटा, २०० मिनेट टकटाइम र २०० वटा एस एम एसको सुविधा छ।
यो योजना स्मार्टको “फ्रिडम क्याम्पेन”अन्तर्गत प्रस्तुत गरिएको हो । यो क्याम्पेन स्मार्टले यसै वर्षको प्रारम्भमा प्रस्तुत गरिएको थियो ।