इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।
एशियन ओसेइएन कम्प्युटिङ इन्डस्ट्रिज अर्गनाइजेसन (असोसिओ)ले टोकियो, जापानमा आयोजना गरेको अवार्ड कार्यक्रममा नेपालबाट वल्र्डलिंक कम्युनिकेशन्स सम्मानित भएको हो ।
संस्थाले आउटस्ट्याण्डिङ युजर अर्गनाइजेशन अवार्डद्धारा वल्र्डलिंकलाई सम्मानित गरेको हो।उक्त अवार्डबाट सम्मानित हुने वर्ल्डलिंक नेपालबाट पहिलो कम्पनी भएको कम्पनीको दावी छ। अवार्ड समारोहमा असोसिओका अध्यक्ष डेविड वाङले वर्ल्डलिंकका निर्देशक लक्ष्मण यादवलाई अवार्ड हस्तान्तरण गरे। कार्यक्रममा विश्वभरका ३३ मुलुकबाट हजार बढी कम्पनी सहभागी थिए।
नेपाली इन्टरनेट बजारमा वर्ल्डलिंकले पुर्याएको योगदान,ग्राहकलाई उपलब्ध गराएको सेवा र अन्तर्राष्ट्रि स्तरको पूर्वाधारलाई प्रयोगमा ल्याएको भन्दै उक्त अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ। असोसिओले आन्तरिक मूल्यांकन गरेर वल्डलिंकलाई अवार्ड प्रदान गरेको जनाइएको छ।