एनसेल प्राईभेट लिमिटेडले चाडपर्वको अवसर पारी संचालन गरेको ‘रिचार्ज एण्ड विन’अफर अन्तर्गत बिहीबार नवौं र दशौं हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।
प्रत्येकहप्ता १० एक लाख जित्ने ‘रिचार्ज एण्ड विन’अफर भदौं १७ गतेबाट कार्तिक २४ गते सम्म १० हप्ता संचालन गरिएको थियो । नवौं हप्ताका विजेताहरुको छनौट कार्तिक २० गते र दशौं हप्ताका विजयीहरुको छनौट कार्तिक २७ गते एपिवान टेलिभिजनमा प्रत्यक्षप्रशारण गरिएको लाईभ ड्र कार्यक्रममार्फत गरिएको थियो ।
दुवै हप्ताकाविजयी मध्ये प्रमाणिकरणको प्रकृया पुरा भएकाविजेताहरुलाई एनसेलले बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी जनहीनगद रु एक लाख पुरस्कार प्रदान गरेको हो । एनसेलकालिगल एण्ड कर्पोरेट सर्भिसेज् निर्देशक रमेश घिमिरेले नवौं हप्ताकाविजयी मध्येका तीनजना – बिनोद थोर्लिहाङ्ग (पाँचथर), श्याम राजवंशी (मोरङ्ग) र डुख रामथारु (कपिलवस्तु) – लाई जनही रु १००,००० नगद पुरस्कार हस्तान्तरण गरेका हुन् ।
साथै घिमिरेले दशौं हप्ताकाविजयीग्राकहरु मध्येका छ जना – सूर्य नारायण कापरी (महोत्तरी), सोना गुरुङ्ग (कास्की), सुमन श्रेष्ठ (गोर्खा), दिनाकुमारी कालिकोटे (सर्लाही), सुदिपचौधरी (कैलाली) र सुजित राजबाहक (काठमाडौं) – लाई पनिनगद पुरस्कार हस्तान्तरण गरेका थिए ।