नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरु मध्ये नेपाल दूरशन्चार कम्पनी बजार पुँजीकरणका आधारमा पहिलो टेलिकमले जनाएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यस आर्थिक वर्षमा नेपाल टेलिकमको बजार पुँजीकरण एक खर्ब ८ अर्ब १५ करोड रुपैयाँ रहेको थियो।
टेलिकमका अनुसार पछिल्लो समयमा नेपाल टेलिकमको प्रतिकित्ता शेयर मूल्य ७ सय ५० रुपैयाँ कायम भएसंगै बजार पुँजीकरण बढ्दै गएको हो।
स्टकमा टेलिकमको १ सय रुपैयाँ अंकित मूल्य कायम रहेको १५ अर्ब रुपैयाँ बराबरको १५ कित्ता शेयर सूचीकृत छ। बजार पूजीकरणका आधारमा नबिल बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक क्रमशः दोश्रो र तेस्रो नम्बरमा रहेका छन्।नबिल बैंकको ७४ अर्ब ३ करोड ५५ लाख ३० हजार र नेपाल
इन्भेष्टमेन्ट बैंकको कुल बजार पुँजीकरण ६५ अर्ब ९९ करोड १ लाख ७० हजार रुपैयाँ पुगेको टेलिकमको भनाइ छ। त्यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंक, एभरेस्ट बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, हिमालयन बैंक, एसबिआई बैंक, चिलिमे हाइड्रोपावर, राष्ट्रिय बिमा कम्पनी त्रमशः चौथो देखि १० औँ नम्बरमा रहेका छन।
कुनै कम्पनीको नेप्सेमा सूचीकृत कुल शेयर रकमलाई प्रतिकित्ता शेयर कारोबार मूल्यको गुणन गर्दा प्राप्त हुने रकम नै बजार पुँजीकरण हो।