हुवावेले नयाँ स्मार्टफोन ‘हुवावे मेट ट्वान्टी प्रो’ सार्वजनिक गरेको छ।
उक्त फोन आफ्ना उत्पादनहरु मध्येकै उत्कृष्ट भएको कम्पनीले दावी गरेको छ।फोन गत महिना अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको थियो।
फोनमा लाइका अल्ट्रा वाइड एंगल लेन्ससहितको लाइका ट्रिपल क्यामरा, किरिन ९ सय ८० सहितको आर्टिफिसियल इन्टिलिजेन्स (एआई), ४० वाटको सुपरचार्ज तथा वायरलेस रिभर्स चार्ज युक्त ४२ सय एमएएच ब्याट्री, हाईटच थ्रीडी फेश रेकग्निशन सहितको ईएमयुआई ९.० तथा यस फोनका आइकोनिक डिजाइन रहेको कम्पनीले जनाएको छ।
मेट ट्वान्टी प्रोले १५ देखि ४० सम्म वायरलेस चार्जर सपोर्ट गर्ने कम्पनीको भनाइ छ।फोन हरियो (एमरालन्ड ग्रीन), क्लासिक, ब्ल्याक रंगमा उपलब्ध छ।फोनमा ६.३९ इन्च स्क्रीन, १९.५ः९ रेसियोको डिस्प्ले, टूके प्लस रेज्युलुस छ।फोनको बजार मूल्य .१ लाख २९ हजार ९ सय रहेको छ।