ओप्पोले स्मार्टफोनमा ब्याट्रीको समस्या एसेवेनबाट समाधान हुन थालेको बताएको छ। ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ‘प्रयोगकर्ताहरुको ब्याट्री सम्बन्धि सबै समस्याको समाधानार्थ नै हामीले ए–सिरिज अन्तर्गतका फोनहरु उपलब्ध गराउन थालेका हौँ।’
अत्याधुनिक फिचर्स तथा प्रविधि सुसज्जित फोन मितब्ययी मूल्यमा नेपालको बजारमा ल्याइएको उनले बताए। ट्राओले भने ‘ग्राहकले दैनिक स्मरणीय पल निरन्तर रुपमा फोनको क्यामरामा कैद गर्न सकुन् भन्नेतिर ध्यान दिएरै ब्याट्रीलाई मजबुत बनाएका हौँ।’
स्मार्टफोनको खरिद गर्दा तुलनात्मक रुपमा ब्याट्रीमा ग्राहकको कम ध्यान जाने गरेको छ। तर दैनिक प्रयोग गर्न थालेपछि ब्याट्रीको समस्या बढ्दै जाने गरेको कुरालाई मध्यनजर गर्दै एसेवेन बजारमा ल्याइएको ओप्पोले जनाएको छ।
ओप्पोले एसेवेनका लागि हट सेल्स कयाम्पेन चलाइरहेको छ। ब्राण्ड फ्रेण्डका रुपमा नायिका स्वस्तिमा खड्काको साथमा नोवेम्बर १५मा फस्र्ट सेल्स कार्यक्रमको आयोजना गर्दै ओप्पोले फोनको विक्रि आरम्भ गरेको हो।
शक्तिशाली ब्याट्री, फेशनेवल डिजाइन, उत्कृष्ट कार्य क्षमता, पृथक वाटरड्रप डिजाइन र एआई ईनेबल्ड क्यामेरा सहितको यो फोनको मूल्य ३५ हजार ७ सय ९० रुपैयाँ छ।
पहिलो शक्तिशाली ब्याट्री र मितब्ययी मूल्यका कारण सार्वजनिक ए सिरिज ओप्पोकै सर्वाधिक विक्री हुनेमा पर्ने कम्पनीको दावी छ।
४२३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडित ओप्पो एसेवेनमा एआई २.० सहितको १६ एमपी क्षमताको फ्रण्ट क्यामेरा र १३+२ एमपी क्षमताका रियर क्यामेरा उपलव्ध छ।