पछिल्लो समय चिनियाँ ब्रान्डका स्मार्टफोनले नेपाली बजारमा राम्रै उपस्थिति देखाउँदै आइरहेका छन्। नेपालमा चिनियाँ ब्रान्डका धेरै स्मार्टफोन उपलब्ध छन्।
‘ओप्पो’ त्यसैमध्येको एक हो।
सेल्फीका लागि परिचित ‘ओप्पो’लाई युवा वर्गले रुचाएका छन्।
केही समय अघि कम्पनीले ओप्पोले ‘ए’ र ‘एफ’ सिरिजका फोन नेपाली बजारमा ल्याएको छ। कम्पनीले पछिल्लो समय ए सिरिज अन्तर्गतको ‘ए सेभेन’ नेपाली बजारमा ल्याएको छ।
युवा वर्गलाई लक्षित गरी हाई फिचर प्रयोग गरी सस्तो मूल्यमा यो स्मार्टफोन ल्याएको ओप्पो कम्पनीका पब्लिक रिलेसन म्यानेजर सुरज महर्जनले जानकारी दिए।
कात्तिकमा सार्वजनिक भएको यो फोनमा के के छन् विशेषता?
डिजाइन तथा बिल्ड क्वालिटी
ओपो एसेवेनमा प्रयोग गरिएका धातु, कारिगढी तथा ब्याक कभरमा समेत फोनलाई कलाको एक नमुनाका रुपमा प्रस्तुत गर्ने हिसावले डिजाइन गरिएको कम्पनीले बताएको छ। एसेभेनमा प्रयोग गरिएको थ्रीडी थर्मल्लि वेन्ट सिटकाले फोनलाई पातलो, हल्का र बोक्न सहज बनाएको छ। फोनमा प्रयोग गरिएको ग्लास झैँ देखिने कभर र यसमा प्रयोग भएको टेक्स्चर र प्याटर्नले फोनलाई थप आकर्षक लुक्स प्रदान गरेको छ । साथै, फोनमा प्रयोग गरिएको मिडल फ्रेम डिजाइनले यसलाई अझ आकर्षक देखाएको छ । नयाँ फोन कम्पनीले ग्लेरिङ गोल्ड र ग्लेज ब्ल्यू गरी दूई आकर्षक रंगमा सार्वजनिक गरेको छ ।
वाटरड्रप स्क्रिन
वाटर ड्रप स्क्रिन ‘एसेभेन’को प्रमुख विशेषता रहेको कम्पनीले जनाएको छ। ओप्पो ‘एफनाइन’ सँगै यो स्मार्ट फोनमा पनि कम्पनीले प्रकृतिसंग प्रेरित, खस्न लागेको पानीको थोपाझैँ देखिने वाटरड्रप स्क्रिनको प्रयोग गरेको छ । पानीको थोपाझैँ आकारको यही नोट्चमा १६ एमपी फ्रण्ट क्यामेरा र सेन्सर जडान गरिएको छ ।
फर्ममेन्स तथा ब्याट्री
यो स्मार्ट फोनमा ओप्पोले बिगर ब्याट्री प्रयोग गरेको छ। प्रिमियम डिजाइन र एआई ईनेवल्ड क्यामेरा सहितको ओप्पो ‘एसेभेन’ ले ‘ए’ सिरिजको लोकप्रियतालाई नयाँ उचाई प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ।
यस स्मार्ट फोनमा ४,२३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री रहेको छ।
यस फोनमा एआई ब्यूटिफिकेशन सहित १३ प्लस २ एमपी डुअल रियर र एफ २.० एपर्चर सहितको फ्रण्ट क्यामेरा जडित यस स्मार्ट फोनले आकर्षक सेल्फी खिच्न मद्यत गर्दछ। यसले वाइड एंगल फ्रण्ट क्यामेराको प्रयोग गर्छ । यस फोनमा कम्पनीले नयाँ फिचर स्वरू एआर स्टिकर उपलब्ध गराएको छ ।
ओप्पो ‘एसेभेन’ एण्ड्रोइड ८.१मा आधारित कलर ओएस ५.२ सञ्चालन प्रणाली उपलब्ध गराएको छ ।
नेपालमा मूल्य तथा पाइने ठाउँ
यो नेपालका प्रमुख शहरहरूमा उपलब्ध रहेको छ।
यस स्मार्ट फोनको मूल्य नेपाली बजारमा रु. ३५ हजार ७ सय ९० रहेको छ। यो ग्यारिङ गोल्ड र ल्गेज ब्लु गरी दुई वटा करलमा उपलब्ध रहेको छ।