सामसुङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी ए सेभेन नीलो रङ्गमा बजारमा ल्याएको छ।
हालै नीलो रंगमा फोन नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ। फोनमा तीन वटा क्यामरा छन्। २४ मेगापिक्सलमा प्राइमरी तथा सेल्फी क्यामरा फोनमा छ। जसले कम उज्यालोको अवस्थामा खिचिएको तस्वीरको पहिचान गरी चार पिक्सललाई जोडी ‘सुपर पिक्सल’ मा जोडी सफा तस्वीर प्रदान गर्दछ।
त्योबाहेक ८ मेगापिक्सलको १२० डिग्री अल्ट्रा वाइड लेन्स फोनमा समावेश छ। यसले मानिसको आँखाबाट जस्तो देखिन्छ त्यस्तै गरी तस्वीर खिच्न सक्दछ।
२४ मेगापिक्सल प्राइमरी क्यामराको साथ ५ मेगापिक्सल डेप्थ लेन्स, लाइभ फोकस सुविधाले डेप्थ अफ फिल्डको कन्ट्रोल गर्दछ। जसबाट प्रयोगकर्तालाई फोटो खिच्नुभन्दा अगाडि वा फोटो खिच्दै गर्दा इन्डेप्थलाई मिलाउन सकिन्छ।
यसमा scene optimizer जस्तो सुविधा पनि रहेको छ। यसले विभिन्न १९ वटा जस्तै खाना, फूल, सूर्यास्ता जस्ता अवस्थाहरुलाई स्वतः पहिचान गर्न सक्दछ।
FHD+ को साथ Super AMOLED Infinity Display एवं Widevine L1 को प्रमाणीकरणले जीवन्त दृश्यको अनुभव प्रदान गर्दछ। फोनको साइडमा राखिएको फिङ्गर सेन्सरले डिजाइनलाई परिस्कृत तुल्याएको छ। यो सेटले नेपाली प्रयोगकर्ताहरुलाई थप उमंग भर्ने आइएमई बिजका प्रमुख प्रणय रत्न स्थापितले बताए।
Exynos 7885 2.2GHz Octa Core processor छ। यो सेट ४ जिबी र्याम तथा ६४ जिबी रोममा उपलब्ध छ। यसमा मेमोरिकार्ड प्रयोग गरी ५१२ जिबीसम्म बढाउन सकिन्छ।
सामसङको उद्योगमा पहिलो पटक इन्स्टर एप्स टु मेमोरी कार्ड’ भन्ने सुविधा यसमा छ। एन्ड्रोइड ओरेओ अपरेटिङ्ग सिस्टम रहेको यो फोनमा ३३०० एमएएच पावरको व्याट्रि राखिएको छ। यसको नेपाली मूल्य ४२ हजार ९९० तोकिएको छ। नीलो र कालो गरी दुई आकर्षक रंगमा बजारमा फोन उपलव्ध छ।
ग्राहकहरुको लागि ग्यालेक्सी ए सेभेनमा ६००० एमबि डाटा बन्डलिङ्ग पनि प्रदान गरिएको छ। यसबाट ग्राहकले प्रतिहप्ता ५०० एमबिका दरले १२ हप्ता सम्म एनसेलको डाटा प्याक पनि निःशुल्क प्राप्त गर्न सक्छन्। साथै शिखर इन्स्युरेन्ससँगको सहकार्यमा ६ महिनासम्म ब्रेकेज इन्सुरेन्स पनि प्रदान गरिएको छ।