आर्थिक वर्ष २०७५÷०७६ को पहिलो तीन महिनामा मोबाइल सेटको आयात घटेको छ। भन्सार विभागका अनुसार यो अवधिमा अघिल्लो वर्षको तुलनामा मोबाइलको आयात घटेको हो।
गत आर्थिक वर्ष २०७४÷०७५ को पहिलो तीन महिनामा करिब ८ अर्ब रूपैयाँको १७ लाख ६३ हजार २ सय ३ थान मोबाइल आयात भएको थियो। चालु आवको सोही अवधिमा झण्डै ७ अर्ब रूपैयाँ बरारको १३ लाख, ६२ हजार, ३ सय ३१ थान मोबाइल सेट आयात भएको छ।
गत वर्षको तुलनामा ४ लाख थान मोबाइल कम आएको छ।
यो अवधिमा आयातित मोबाइलमध्ये सबैभन्दा बढी हिस्सा चिनियाँ फोनको छ। चीनबाट मात्रै झण्डै ६ अर्ब रूपैयाँ बराबरको ११ लाख, ७३ हजार, १ सय ७ थान आयात भएको छ।
आव २०७४÷०७४ को सोही अवधिमा १४ लाख २५ हजार ४ सय ८५ थान मोबाइल चीनबाट भित्रिएका थिए।
पछिल्लो समय विश्वमा डलरको मूल्य बढ्नु र बैङ्किङ तरलताले मोबाइल आयातमा गत वर्षको तूलनामा घटेको नेपाल मोबाइल व्यवसायी सङ्घका अध्यक्ष पुरूषोत्तम वस्नेत बताउँछन्।
उनका अनुसार मोबाइल उत्पादनको हब चाइना भएकाले चाइनिज फोन बढी आयात भएको हा नेपाली बजारमा चाइनिज मोबाइलको माग पनि बढ्दो छ।
उनले त्यसो भनेपनि सरकारले मूल्य अभिबृद्धि कर फिर्ताको स्किम हटाइदिएपछि व्यवसायीहरुले अवैध बाटोबाट मोबाइल ल्याउन थालेको आशंका गरिएको छ।
स्मार्ट फोनको बजार र प्रयोग बढीरहेका बेला अयात घट्नुलाई सरकारी अधिकारीहरुले स्वभाविक मानेका छैनन्।
अघिल्ला वर्षमा चीनपछि भियतनामबाट धेरै मोबाइल आयात हुने भएपनि यो वर्ष भारतबाट बढी मोबाइल आयात भएको पाइन्छ।
चालू आवको पहिलो तीन महिनामा सो मोबाइल आयात भएबाट सरकारलाई १ अर्ब, १७ करोड ४५ लाख ४८ हजार राजस्व प्राप्त भएको छ।