स्मार्ट फोन ब्रान्ड ओपोले नेपालमा पछिल्लो सिरिजको फोन नेपाली बजारमा भित्र्याउने भएको छ। हालैमात्र चीनमा सार्वजनिक भएको आर १७ र आर १७प्रो सार्वजनकि गरेको कम्पनीले नेपालमा पनि आर–सिरिजका फोन सार्वजनिक गर्ने तयारी गरेको छ।
कम्पनीको प्रिमियम रेञ्जका रुपमा परिचित आर१७ प्रोको पछिल्तिर तीनओटा क्यामेरा रहेका छन्। त्यसैगरी यसमा पानीको थोपा आकारको डिस्प्ले नोट्चका साथै ईन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर पनि उपलब्ध छ ।ओपो नेपालले आधिकारिक रुपमा सार्वजनिक गर्ने मितिको घोषण भने गरेको छैन।
डुअल–सिम (नानो) प्रयोग गर्न सकिने ओपो आर १७प्रोमा एण्ड्रोइड ८.१ ओरियोमा आधिरित कलर ओएस ५.२ सञ्चालन प्रणालीको प्रयोग गरिएको छ । स्मार्टफोनमा ९१.५ प्रतिशत एस्पेक्ट रेसियो सहितको ६.४ ईञ्च (१०८०ह् २३४० पिक्सेल) फुल–एचडी डिस्प्ले छ । त्यसैगरी, फोनमा ८ जीबी¥यामका साथमाओक्टा–कोर क्वालकम स्न््याप ड्र्यागन ७१० एसओसी प्रोसेशरको प्रयोग गरिएको छ। फोनमा रहेको ट्रिपल रियर क्यामेरा सेटअपमा एफ÷१.५–२.४ एपर्चर सहितको १२ एमपी सेन्सर , एफ÷२.६ एपर्चर सहितको २० एमपी सेन्सर र तेस्रो सेन्सरका रुपमा टीओएफ थ्रीडी स्टेरियो क्यामेरा जडान गरिएको छ ।