ओप्पोको आर सिरिज नेपालमा सार्वजनिक गर्ने तयारी पूरा भएकोे छ। फोन यही २९ गते देखि बजारमा आउने कम्पनीले जनाएको छ।
नेपालमा प्रतिक्षारत आर–सिरिजको सुरुवात नयाँ स्मार्टफोन ओप्पो आर१७प्रो मार्फत गर्ने कम्पनीको भनाइ छ ।
नेपालमा आर१७प्रो को विक्रिको सुरुवात नजिकिँदै गरेको क्रिसमस तथा न्यू इयरको अवसर पारेर डिसेम्बर १५ (मंसिर २९)मा गरिने कम्पनीले जानकारी दिएको छ ।आर१७प्रो मार्फत आफ्ना उपभोक्तालाई रातका समयमा पनि उत्कृष्ट तस्विर लिन सघाउने कम्पनीको दावी छ।