ओप्पोले नेपालमा आर सिरिज अन्तर्गतको आर१७प्रो स्पार्ट फोन सार्वजनिक गरेको छ।
यो फोन नयाँ, आकर्षक ग्राडियण्ट डिजाइन र नवप्रबर्तनात्मक प्रविधिको उत्कृष्ट समायोजनका रुपमा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।पाको, न्यूरोडमा आइतवार फस्र्ट सेल कार्यक्रमको आयोजनागर्दै कम्पनीेले आधिकारिक रुपमा आर१७प्रोको बिक्री सुरु गरेको हो।
स्क्रिनको ९१.५ प्रतिशत ओगट्ने १९.५ अनुपात ९ एफएचडी प्लस ६.४ ईञ्च स्क्रिन सहितको आर१७प्रोमा वाटरड्रप स्क्रिनको प्रयोग गरिएको छ।
कम्पनीका अनुसार उपभोक्तालाई ठूलो स्क्रिन टू बडी रेसियो अनुभवदिन फोनको फ्रण्ट क्यामेरा वाटर ड्रपलेटको मध्यभागमा समायोजित गरेको छ ।फोनको गति र कार्य क्षमतामा तिब्रताकालागि ८ जीबी र्याम प्लस १२८ जीबी रोम सहितको आर१७प्रो, कोरनिङ गोरिल्लाग्लास ६ प्रयोग गरिएको पहिलो उपकरण हो ।
कलरओएस ५.२माआधारित एण्ड्रोइड ८.१ सञ्चालन प्रणाली प्रयोग गरिएको यो फोनलाई क्वालकम स्न््यापड्र्यागन ७१० प्रोसेसरले शक्तिप्रदान गर्छ । फोनको बजार मूल्य ८९ हजार ९ सय ९० रुपैयाँ रहेको कम्पनीको भनाइ छ।