भायनेट कम्यूनिकेसन्सले पोखरामा नयाँ शाखा सुरु गरेको छ । कम्पनीको पहिलो शाखाका रुपमा पोखराको नयाँबजारमा शाखा खोलेको कम्पनीले जनाएको छ।
भायनेटले पोखरामा नोकियासंगको सहकार्यमा ‘अल्ट्रा ब्रोडब्यान्ड’ क्षमतायुक्त नेटवर्कको शुरुवात गरेको हो। भायनेट पोखराले १ सय एमपिबिएस भन्दा बढीको स्पीड प्रदान गर्ने कम्पनीको दाबी छ।
भायनेटका अनुसार यो नयाँ साझेदारीले हरेक प्रयोगकर्तालाई 2.5 जिबिपिएस सम्म स्पीड दिन सक्ने नेटवर्क निर्माण गर्न सकिनेछ ।
जसले गर्दा प्रयोगकर्ताहरुले उच्च मागमा रहेका इन्टरनेट एप्लिकेसन जस्तै अल्ट्रा हाई डेफिनिसन फोजी भिडियो सामाग्री, आइपिटिभी अनलाईन भिडियो स्ट्रिमिङ्ग साइटहरु, भर्चुअल रियालिटी र अरु इन्टरनेट चलाउन मिल्ने डिभाइसहरुलाई सपोर्ट गर्नेछ ।
भायनेट प्रयोगकर्ताहरुले सपोर्ट सर्भिस म्यानेज गर्न, मोनिटर गर्न र रिसिभ गर्न सक्ने कम्पनीको भनाइ छ।
अहिलेको स्किममा भायनेटले आफ्नो इन्टरनेट प्लानका वार्षिक ग्राहकहरुलाई १ वर्षको नेट टिभी र नेट टिभी सेटटप बक्स निःशुल्क प्रदान गरिरहेको छ ।