भायनेट कम्युनिकेसनले संचार र नोकियासँग साझेदारीको घोषणा गरेको छ ।
घोषणा पछि भायनेटले २०१९ सम्ममा नेपालभर अल्ट्रा–ब्रोडब्याण्डको माध्यमबाट फाइबर–टू–द–होम जडान गर्ने जनाएको छ।
‘अल्ट्रा–ब्रोडब्याण्ड’ इन्टरनेट सेवा हो, जसले उपभोक्तालाई सय एमबिपिएस बढी स्पिड प्रदान गर्दछ । साझेदारी मार्फत प्रति उपभोक्ताका लागि २.५ जिबिपिएस सम्मको नेटवर्क निमार्ण गर्न सकिने भायनेटको दाबी छ ।
कम्पनीका अनुसार यस नेटवर्क मार्फत ग्राहकले इन्टरनेटको बढ्दो माग भएको एप्लिकेसन जस्तै अल्ट्रा–हाई डेफिनेसन (फोरके) भिडियो, पिभिटिभी, अनलाइन भिडियो स्ट्रिमिङ्ग, भर्चुअल रियालिटी र इन्टरनेट योग्य विभिन्न डिभाइस सहजरुपमा र बिना रुकावट प्रयोग गर्न सक्नेछन्।
नोकियाले आफ्नो नयाँ अप्टिकल नेटवर्क टर्मिनल डिभाइस अर्थात वाइफाई राउटर र अप्टिकल लाइन टर्मिनल डिभाइस भायनेटलाई प्रदान गर्ने कम्पनीको भनाइ छ।भायनेटले अर्को वर्षसम्म ४ वटा अन्य जिल्लामा आफ्नो सेवा विस्तार गर्नेछ।