ओप्पोले फाइन्ड एक्स ५जी प्रोटोटाइप सार्वजनिक गरेको छ ।
ओप्पोले पहिलो पटक फाइन्ड एक्स ५जी प्रोटोटाइप सार्वजनिक गरेको हो।
डिसेम्बर ६ देखि ८ सम्म गुआंगजौमा आयोजित ‘२०१८ चाइना मोबाइल ग्लोबल पार्टनर्स कन्फरेन्स’मा सेवा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।
विश्वभरका आफ्ना औद्योगिक साझेदारहरुसंग सहकार्य गर्दै नयाँ ५जी औद्योगिक पर्यावरणको विकास गर्ने लक्ष्य रहेको आप्पोले जनाएको छ।कम्पनीका अनुसार ईञ्जिनियरिङ स्याम्पल स्न्यापड्र्यागन ८५५ र एक्स५०, ५जीमोडेम सहितको ओप्पो फाइन्ड एक्स ५जीप्रोटोटाइपले अदृतिय ५जी पर्फरमेन्स दिने क्षमता राख्छ।
कार्यक्रममा ओप्पो, क्वालकम र किसाइट टेक्नोलोजिज् ईंक अग्रणी विद्युतीय नापक कम्पनीले ५जी डाटा कनेक्टिभिटी तथा एप्लिकेशन लगायत फाइन्ड एक्स ५जीप्रोटोटाइप मार्फत प्रदर्शित गरिएको कम्पनीको भनाइ छ।
५जीमा अर्को कोशेढुङाको रुपमा ओप्पोले स्मार्टफोनमा ५जी सञ्जाल मार्फत विश्वकै पहिलो मल्टिपार्टी भिडियो कलको सफल परिक्षण गरेको जनाएको छ।भविस्यलाई ध्यानमा राख्दै ओपोले ५जींअवधारणा सार्वजनिक गरेको हो। ५जीं यूगमा सबै कुरा कनेक्टेड हुने र ‘एक्स्पेरियन्स ईज किङ’हुने कम्पनीको दाबी छ।
५जी नेटवर्क मार्फत सञ्चालन हुने विभिन्न स्मार्ट उपकरणको सञ्चालनका लागि स्मार्टफोन मूलआधार हुने कम्पनीको भनाइ छ।५जी ईकोसिस्टम निर्माणका लागि ओप्पोले क्वालकम, नेटवर्क पूर्वाधार निर्माता, दूरसञ्चार सेवाप्रदायक लगायत अन्य सप्लाई चेन पार्टनरसँग आफ्नो सहकार्य थप सुदृढ बनाउदै लगेको जनाएको छ।