नेपाल दूरसञ्चार प्राधिकरणका प्रमुख दिगम्बर झाले बुधबार आफ्नो पदबाट राजिनामा दिएका छन्।
सूचना तथा संचार मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले झाले राजीनामा दिएको बताएका हुन्।
बाँस्कोटाले गत वैशाख १५ गते दूरसञ्चार प्राधिकरणका प्रमुख झालाई पत्र पठाएर प्रशासनिकबाहेक कुनै पनि काम नगर्न निर्देशन दिएका थिए।
लगत्तै सरकारले झाको नियुक्ति रद्द गरिदिएको थियो। तर, उनै झालाई सरकारले गत भदौ २१ गते पुन: नियुक्ति गर्यो।
असार २१ गते भदौ पछिका देउवा सरकारले गरेका सबै नियुक्ती खारेज गर्ने सरकारको निर्णयपछि झा पनि बर्खास्तीमा परेका थिए। त्यसलगत्तै अदालमा पुर्नवहाली माग गर्दै गएपछि थमौति गरिदिएपनि झाले मुद्दा फिर्ता लिएका थिए।
झाले मुद्दा फिर्ता लिएपछि संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले झालाई नियुक्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगेपनि खुल्ला प्रतिस्पर्धाबाट मात्र प्रस्ताव ल्याउन भनेपछि सार्वजनिक सुचना निकालिएको थियो।
समितिले सुचना निकालेपछि त्यसमा झा लगायत प्राधिकरणमै कार्यरत वरिष्ठ निर्देशक तथा पूर्व सचिवसमेतले निवदेन दिएका थिए।
झाले हिजो मात्रै आफूलाई राजीनामा दिन कुनै डर नरहेको अभिव्यक्ति दिएका थिए।
याे पनि पढ्नुहाेस