अत्याधुनिक प्रविधि विकास भइसकेको अवस्थामा पनि ब्याट्री सम्बन्धि समस्याले स्मार्टफोन प्रयोगकर्ताहरुलाई उत्तिकै पिरोल्ने गरेको छ।
अत्यावश्यक अवस्थामा फोनको ब्याट्री सकिने समस्याबाट सम्भवतः सबै अभ्यस्त छौँ। ब्याट्री समस्या झेल्न नपरोस् भन्ने सोचका साथ अझै पनि हामीमध्ये धेरैले पावर बैंक तथा चार्जर साथमै बोकेर हिँड्छौँ। कुनै ठाउँमा आराम गर्दा चार्जिङ पोर्ट खोज्नु पर्ने बाध्यता पनि धेरैको छ।
यस्तै अवस्थालाई दृष्टिगत गर्दै समाधान दिने सोचका साथ सन् २०१४मा ओप्पोले आफ्नो ‘प्रोप्राइटरी र्यापिड चार्ज’ प्रविधि, भोक फ्ल्याश चार्जको घोषणा गर्दा धेरैका लागि खुशीको खबर बन्न पुग्यो। साधारण ५भी/१ए चार्जरका तुलनामा भोक फ्ल्याश चार्जले चार गुणा तिब्र गतिमा चार्जिङ सुविधा दिने क्षमता राख्छ।
यही क्षमताका कारण ओप्पोको यो प्रविधिले निकै लोकप्रियता समेत पायो। ब्राण्डका अनुसार हाल विश्व बजारमा १० करोड भन्दा बढी यो प्रविधिका फोनहरु विक्री भइसकेको छ।
सन् २०१६ मा कम्पनीले भोकको परिस्कृत भर्जन सुपर भोक प्रविधि सार्वजनिक गर्यो। अहिले विश्वबजारमा स्मार्टफोनका लागि यो नै सर्वाधिक तिब्र गतिमा चार्जिङ सुविधा उपलब्ध गराउने प्रविधिका रुपमा चिनिएको छ। तिब्र गतिमा चार्जिङ सुविधा उपलब्ध गराउने १०भी/५ए (५० वाट)को सुपर भोक चार्जर प्रयोगका लागि सुरक्षित छ त? विद्युतिय उत्पादनको सुरक्षा परिक्षण गर्ने अग्रणी जर्मन संस्था टीयूभी र्हायनल्याण्डले यो प्रविधि वास्तवमै सुरक्षित रहेको प्रमाणित गरेको छ।
टीयूभी र्हायनल्याण्डले गरेका विभिन्न चरणबद्ध परीक्षणले ओप्पोको आर१७ प्रोमा उपलब्ध सुपर भोक प्रविधि ‘हेभी ड्यूटी’ मात्र नभइ चार्जिङ कार्यका लागि वास्तवमै निकै तिब्र र सटिक प्रविधि रहेको प्रमाणित गरिदिएको छ। संस्थाद्वारा आयोजित परिक्षणमा फोनको ब्याट्री लेभल मात्र १० मिनेटको चार्जमा ४० प्रतिशत सम्म पुगेको जानकारी दिइएको छ।