सरकारले नेपाल दूरसंचार प्राधिकरणका अध्यक्षको उमेर हद तोक्ने प्रस्ताव गरेको छ।
केही नेपाल ऐन संसोधनमार्फत् दूरसंचार ऐन २०५३ मा संसोधनको प्रस्ताव गर्दै सरकारले प्राधिकरण अध्यक्ष बहाल रहने उमेर हद तोक्ने प्रस्ताव गरेको हो।
यसअघि अध्यक्षमा नियुक्त भइसकेपछि पदमा बहाल नरहनेमा उमेरको हदबन्दी थिएन।
सरकारले ऐनको दफा १० मा खण्ड ङ पछि च को व्यवस्था गर्दै अध्यक्ष बहाल नरहनेमा ६५ वर्ष पुरा भएमा भन्ने व्यवस्था राखिएको छ।
अघिल्लाे सातामात्र सरकारलाई राजिनामा बुझाएका दिगम्बर झालाइ उमेर हद लगाएर निकाल्ने तयारी भएकाे थियाे।