संचार तथा सूचना प्रविधि मन्त्रालयले दूरसंचार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाललाई मन्त्रालयमा तानेको छ। दूरसंचारको नियमक प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजिनामा दिएपछि वष्ठि निर्देशक खनाललाई मन्त्रालयमा सूचना प्रविधि विज्ञको रुपमा हाँजिर हुन मंगलबार प्राधिकरणमा पत्र पुगेको थियो।
उक्त पत्र पाउनेवित्तिकै मन्त्रालयमा हाँजिर हुन पुगिसकेको खनालले जानकारी दिए।
‘म पत्र पाउनेवित्तिकै अहिले मन्त्रालय पुगेको छु’खनालले सेतोपाटीसँग भने।
झाको राजिनामा भने अझैसम्म स्वीकृत नभएको मन्त्रालय स्रोतले जानकारी दिएको छ। झाको राजिनामा स्वीृकत नभएपछि प्राधिकरणमा झा पक्षधर निर्देशक पुरुषोत्तम खनाललाई कायममुकायम अध्यक्षको जिम्मेवारी दिने तयारी भइरहेको छ।
पुरुषोत्तम खनाल आनन्दराज खनालभन्दा कनिष्ठ निर्देशक हुन्।