सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको संचारमन्त्रालय सम्बद्ध स्रोतले जानकारी दिएको छ।
हाल नेपाल टेलिकममै कार्यरत अधिकारी इलोक्ट्रोनिक्स इन्जिनियर हुन्। १६ वर्ष अघि टेलिकमको सेवामा प्रवेश गरेको अधिकारी अहिले प्रबन्ध निर्देशकको कार्यालयमा कार्यरत रहेका छन्।
खुल्ला प्रतिस्पर्धाको माध्यमबाट अधिकारीलाई सरकारले नियुक्त गरेको हो।
अधिकारीले भने सरकारले नियुक्त गरेका खबर पाएकाे तर पत्र भने नबुझेकाे बताए। उनले टेलिकमकाे गुणस्तर र सेवामा सुधार ल्याउने पहिले प्राथमिकतामा रहेकाे बताए।
अधिकारीलाई तीन वर्षका लागि सरकारले नियुक्त गरेकाे हाे। प्रबन्ध निर्देशककाे कार्यकाल सकिएपछि उनी फेरि पुरानै पदमा काम गर्नसक्नेछन्। यसका लागि सरकारले हालैमात्र प्रबन्ध निर्देशककाे पदावधि सकिएपछि काममा फर्किन पाउने व्यवस्था गरिदिएकाे थियाे।