ओप्पोले स्मार्टफोन एफनाइन अन्तर्गतको नयाँ लिमिटेड एडिशन सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार पछिल्लो बर्ष सनराइज रेड, ट्वाइलाइट ब्ल्यू र स्टारी पर्पल गरी तीन भिन्न रंगमा सार्वजनिक ओपो एफनाइन पछि कम्पनीले नयाँ रंग जेड ग्रिन एडिसनका रुपमा फोन सार्वजनिक गरेको हो । एफनाइन जेड ग्रिन एडिसनको मूल्य ४१ हजार ५ सय ९० रुपैयाँ राखिएको छ।
जेड ग्रिन एडिसनको डिजाइन युवालाई ध्यानमा राखि गरिएको छ।ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘आप्ेपोमा उपभोक्ताका लागि नवप्रबर्तनात्मक प्रविधि कायम राख्दै छनोटका विभिन्न विकल्प उपलब्ध गराउन चाहान्छौँ । यसैको एक सटिक नमुनाका रुपमा एफनाइन जेड ग्रिन एडिसन हो। ’
जेड ग्रिन एडिसनमा एफनाइमा विद्यमान विशेषताहरु (स्पेसिफिकेसन्स)लाई नै निरन्तर्ता दिइएको कम्पनीले जनाएको छ। यसमा उपलब्ध भोक फ्ल्याश चार्जले ५ मिनेटको चार्जमा २ घण्टा टक टाइम दिने कम्पनीको भनाइ छ।
नयाँ लुक्समा जेड ग्रिन भ्यारियण्टले ह्वाइट स्याण्ड बिचेज, सफा पानी र लश रेनफोरेस्ट रंगको सम्मिश्रण मार्फत प्राकृतिक पारदर्शि लुक्स प्रदान गरिएको कम्पनीको दाबी छ।