शाओमीेको एमआई सिरिजको नयाँ फोन ‘एमआई एट लाइट’ नेपाली बजारमा आएको छ।
फोनको बजार मूल्य ३१ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। फोनमा स्टाईलिस् ग्लास् ब्याक सहितको उत्कृष्ट सेल्फी क्यामरा रहेको कम्पनीले जनाएको छ।
फोन सामाजिक सञ्जालमा रमाउने युवा पुस्तालाई टार्गेट गरेर बनाइएको कम्पनीको भनाइ छ। फोनका अगाडि २४ एमपी क्यामरा र एमआईएक्स५७६सेन्सर रहेको छ।
शाओमी नेपालका कन्ट्रि म्यानेजर, सौरभ कोठारीले भने,‘नेपाली बजार हाम्रो लागि आवश्यक छ। हाम्रो मुख्य लक्ष्य ग्राहक र एमआई प्रेमीहरुको लागि उत्कृष्ट प्रविधि भित्र्याउनु हो ।’
आकर्षक डिजाईन, २४ एमपि फ्रन्ट क्यामेरा फोनको विशेषता रहेको कम्पनीले जनाएको छ।