भिभोले २०१९ फेब्रुअरी भित्रमा वाइ सिरिजका तीन ओटा फोन नपाली बजारमा ल्याउने भएको छ। ‘वाई नाइन्टीवन आई’, ‘वाई नाइन्टीवन’ र ‘वाई नाइन्टीफाइभ’ नेपाली बजारमा भित्र्याउन लागेको भिभोका पिआर म्यानेजर पियुष गिरीले जानकारी दिए।
ग्राहकको स्मार्टफोन चलाउने चाहनालाई परिपुर्ति गर्न सस्तो खालको स्मार्टफोन ल्याएको कम्पनीले जानकारी दिएको छ।
वाइ सिरिजका फोनमा सामान्य रूपमा ह्यालो डिस्प्ले प्रयोग गरिएको हुन्छ। अगाडि एउटा क्यामरा र पछाडि दुई वटा क्यामरा हुन्छन्। सेक्युरिटीको लागि मोबाइलको पछाडि फिङ्गर प्रिन्ट जडान गरिएको छ। यसको ब्याट्री क्षमता ४ हजार एमएएच सम्म हुन्छ।
२०१७ नोभेम्बर २३ देखि यसले नेपालमा आफ्नो उत्पादन ल्याएको हो। मोबाइलमा क्यामरा र म्युजिकलाई जोड दिएर आधुनिका प्रविधि ल्याएको कम्पनीले जानकारी दिएको छ।
भिभो मोबाइल नेपाली बजारमा आएको १ वर्ष भयो। यसका ‘वाई’ र ‘भि’ सिरिजका फोनहरू नेपाली बजारमा छन् ‘भि’ सिरिज महङ्गो फोन अन्तर्गत पर्दछ। यस सिरिजका फोनहरू २५ हजार देखि ५० हजार मूल्य पर्ने सम्मका हुन्छन्। वाइ सिरिजका फोनहरू १४ हजार देखि २० हजार मूल्य पर्ने सम्मका हुन्छन्।
यसले सुरूआती चरणदेखि २०१८ सम्ममा १० वटा फोन नेपाली बजारमा भित्र्याएको छ।
नेपालमा पहिलो पटक २४ मेगापिक्सलको क्यामरा जडान गरिएको ‘भि सेभेन’, एनोरोइड फोनमा पहिलो पटक नच डिस्प्ले प्रयोग गरिएको ‘भि नाइन’ ‘भि नाइनयुथ’, इन डिस्प्ले फिङगर प्रिन्ट जडान गरिएको ‘भि इलाभेन प्रो’, फुल भ्यु टिम डिस्प्ले भएको ‘वाइ६५’, ‘वाइ५३’, ‘वाइ७१’, वाइ८५ र वाइ८१ भिभोले भित्र्यायो।