चिनियाँ कम्पनी साओमीले ‘एमआई सिरिज’को पछिल्लो उत्पादन ‘एमआई एट लाईट’ नेपाली बजारमा ल्याएको छ। कम्पनीले अंग्रेजी नयाँ वर्षको अवसरमा जनवरी ६ मा यो स्मार्टफोन नेपालमा सार्वजनिक गरेको हो।
‘एमआई एट लाईट’ युवापुस्ताको फोटोग्राफीलाई ध्यानमा राखी उत्पादन गरिएको कम्पनीको दावी छ। यो फ्ल्याग्सी फोन अन्तर्गत रहेको साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले बताए।
डिजाइन तथा विल्ड क्वालिटी
फ्रेञ्च पिन्टर क्लाउडे मोनेटबाट फोनको डिजाइन गरिएको हो। सेटमा ऐना जस्तो आकर्षक ग्लासले डिजाईन गरिएको छ। प्रयोगकर्तालाई आकर्षक डिजाइन दिन यस फोनमा ‘नच डिस्प्ले’ प्रयोग गरिएको छ।
७.५ एमएमको पातलो आकारमा ६.२६ इञ्चको लम्बाई रहेको सो स्मार्टफोनमा एलसिडी फुल स्क्रिन डिस्प्ले प्रयोग गरिएको छ। मोबाइलमा प्रयोग गरिएको कर्निङ गोरिल्ला ग्लासले फोनलाई सजिलै स्क्र्याच हुनबाट बचाउँछ।
यो फोन ‘अरोरा ब्लु’ र ‘मिडनाईट ब्ल्याक’ गरी दुई रङमा उपलब्ध छन्। फोनमा दुबैतर्फ रहेको स्लिम बोर्डर भएकाले एक हातले प्रयोग गर्न सहज बनाएको छ। फिङ्गर प्रिन्ट सेन्सर जडित फोन प्रयोगकर्ताले हल्का रूपमा औंलाले चलाउँदा स्मुथ महशुस गर्ने कोठारीको विश्वास छ।
२४ मेगा पिक्सल फ्रन्ट क्यामरा
मोबाइलमा जडान गरिएको २४ मेगा पिक्सल फ्रन्ट क्यामरा ‘एमआई एट लाईट’ को मुख्य विशेषता हो। यसले उत्कृष्ट सेल्फी लिनका लागि सहयोग पुर्याउने कम्पनीको दावी छ।
प्रयोगकर्ताले मधुरो बत्ती भएको ठाउँमा पनि उत्कृष्ट तस्वीर लिन सक्ने कोठारीले बताए। मोबाइलमा एआई ड्युल रियर क्यामरा प्रयोग गरिएको छ।
उक्त हाई पफमेन्स् क्यामेरा हार्डवेयरलाई साओमीको एड्भान्स एआई फिचर्ससँग मिलाई नयाँ एआई एड्जस्टेबल ‘बोके’ समावेश गरिएको छ जसले, तस्बिर लिएपछि त्यसको गहिराई बदल्न सघाउँ पुर्याउँछ।
कम्पनीका अनुसार यो स्मार्टफोनबाट अनुहारको उचित रङ र प्रकाश मिलाई आफूलाई सुहाउँदो सेल्फी लिन सकिन्छ।
फर्ममेन्स तथा ब्याट्री
यो स्मार्टफोनमा क्वालकोलम स्न्याप ड्रयागन प्रोसेसर दिइएको छ जसको स्पिड ६६० रहेको छ। यसमा अक्टाकोर प्रोसेस प्रयोग गरिएको छ।
यसको ४ जिबी बाह्य र ६४ जिबी आन्तरिक क्षमता छ।
यो फोनमा ३ हजार ३ सय ५० एमएएचको ब्याट्री क्षमता छ। मोबाइलमा छिटो छरितो चार्ज हुनका लागि क्वालकोलम क्वीक चार्ज ३.० समावेश गरिएको छ।
यो फोनमा एआई फेस अनलक र रियर फिङ्गर प्रिन्ट सेन्सर जस्ता विशेषता रहेकाले मोबाइल सेट सुरक्षित राख्न सघाउँ पुर्याउँदछ।
नेपालमा मूल्य तथा पाइने ठाउँ
फोनको आधिकारिक बिक्रेता भत्सल प्राइभेट लिमिटेड र टेली डाइरेक्ट रहेका छन्। यो फोन कम्पनीको अनलाईन स्टोरः एमआई डट कम, अनलाईन सेल्स् स्टोर पार्टनरः दराज; साथै अफलाईन स्टोरहरूमा पाइने छ।
स्मार्टफोनको नेपाली मूल्य ३१ हजार ९ सय ९९ सय रुपैयाँ तोकिएको छ।