साओमी मोबाइल कम्पनीले बुधबारबाट नेपाली बजारमा आफ्नो ५ स्मार्टफोनको मूल्य घटाएको छ। एमआई सिरिज अन्तर्गतको एउटा र रेड्मी सिरिज अन्तर्गतको ४ ओटा स्मार्टफोनको मूल्य घटाएको हो।
कम्पनीले रेड्मी सिरिज अन्तर्गतको रेड्मी सिक्स ए, रेडमी सिक्स, ३२ जिबी र ६४ जिबी आन्तरिक क्षमता भएको रेडमी नोट ५ एआई स्मार्टफोनको मूल्य घटाएको छ।
एमआइ सिरिज अन्तर्गत एमआई एटु लाइटको मूल्य घटाएको छ। कम्पनीले रेडमी सिक्स ए मा १ हजार रुपैयाँ घटाएर नयाँ मूल्य १२ हजार रुपैयाँ तोकेको छ ।
त्यसैगरी रेडमी सिक्सको ३ जीबी र्याम र ३२ जीबी स्टोरेजमा १ हजार रुपैयाँ घटाएर १५ हजार ४ सय ९९ रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ।
एम टू लाइटको ३ जीबी ३२ जीबी स्टोरेजको मूल्यमा १५ सय रुपैयाँ घटाएर २० हजार रुपैयाँ कायम गरेको कम्पनीको भनाइ छ । रेडमी नोट ५ एआईको ३ जीबी र्याम र ३२ जीबी स्टोरेजमा १५ रुपैयाँ घटाएर २२ हजार रुपैयाँ तोकेको छ भने ४ जीबी र्याम र ६४ जीबी स्टोरेजको मूल्यमा १ हजार रुपैयाँ घटाएर २६ हजार ४ सय ९९ रुपैयाँ बनाएको छ ।
सन् २०१९ साओमी नेपालको लागि महत्वपूर्ण वर्ष भएकाले हाम्रो ब्राण्डलाई वृद्धि गर्न र प्रयोगकर्तालाई केही सहुलियत प्रदान गर्न मोबाइलको मूल्य केही घटाएको साओमी नेपालका जनरल म्यानेजर सौरभ कोठारीले बताए।