सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकार टुटल र पठाओ जस्ता स्ट्राटअप प्रति नकारात्मक नरहेको बताएका छन्।
मन्त्रिपरिषदको निणर्य सुनाईसकेपछि पत्रकारहरुले टुटल र पठाओको बारेमा जिज्ञासा राखेपछि उनले अनलाइनमा आधारित ब्यापारको सन्दर्भमा सरकार नकारात्मक नरहेको स्पष्ट पारे।
‘सरकार अनलाइनमा आधारित बिजनेसको सन्दर्भमा नकारात्कम छैन तर कतिपय जोखिमहरुलाई हेरेर निणर्य लिनुपर्ने पनि हुनसक्छ त्यसको व्यक्तिगत सुरक्षाका कुरा, भौतिक सुरक्षाका कुरा हुन्छन्’ मन्त्री बास्कोटाले भने।
यस्ता कम्पनी कानूनी नभए कानून संगत बनाउनुपर्ने उनको भनाइ छ।
‘त्यो कानूनी भएको छैन भने कानूनी बनाउने हो, प्रक्रियामा छैन भने आउनु पर्यो भन्ने मात्र कुरा हो यसमा प्रतिवन्ध लगाउने भन्ने उदेश्य, चाहाना, वा निणर्य छैन र होइन’ मन्त्री बास्कोटाले भने।