स्मार्ट टेलिकम्युनिकेसन कम्पनीले सुआहारा २ कार्यक्रमलाई सहयोग गरेको छ।
सुआहारा २ युएसएआइडी अन्तर्गतको कार्यक्रम हो।यसमा सुनौला हजार दिनका अ।म।का लागि प्राविधिक सहयोग तथा परामर्श प्रदान गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार अब सुआहारा २ का कार्यक्रममा टेलिकम साझेदारीका रुपमा स्मार्ट रहने छ। स्मार्टले ९९ रुपैयाँ व्यालेन्स भएको सीमकार्ड सुआहारा लाभार्थीलाई प्रदान गर्ने छ।
६ हजार सीमकार्ड सुआहारा दुईमा सहभागी हुने स्वयं सेवकले प्रयोग गर्ने छन। सुआहाराले नुवाकोट तथा कपिलवस्तु जिल्लामा लक्षित भई कार्य गर्दै आइरहेको कम्पनीको भनाइ छ।
पहिलो चरणको कार्यक्रममा स्मार्टले नुवाकोटमा ३५ हजार सिमकार्ड प्रदान गरिसकेको छ। आगामी चरणमा आफ्नो कार्यक्रमलाई पाल्पा तथा रुपन्देही जिल्लाहरुमा पनि लागू गर्ने कम्पनीको योजना छ।
स्मार्ट टेलिकलले फोजि सेवा काठमाडौ, ललितपुर, भक्तपुर तथा पोखरामा प्रदान गरिसकेको छ।