अन्तरराष्ट्रिय सेफ्टी अथोरिटी, टीयूभी ह्रायनल्याण्ड, जर्मनीले ओपो ईलेक्ट्रोनिक्सको स्वामित्वमा रहेको ¥यापिड चार्ज प्रविधि, भोल्टेज ओपन लुप मल्टि–स्टेप कन्स्ट्याण्ट–करेण्ट चार्जिङ (भोक)लाई मान्यता प्रदान (सर्टिफाइड) गरेको छ । ओपोले नेपालमा एफ नाइन मार्फत् यो प्रविधि उपलब्ध गराइसकेको छ । हाल विश्वभर १० करोड भन्दा बढी स्मार्टफोनमा यो प्रविधिको प्रयोग भइसकेको छ ।
भोक प्राविधिलाई प्रदान गरिएको यो सुरक्षा प्रमाणिकरण विभिन्न कठोर परिक्षण मानक र परिक्षणका सत्रहरुमा सफलता पश्चात गरिएको कम्पनीले जनाएको छ। दैनिक प्रयोगमा सुरक्षाको सुनिश्चितताका लागि ब्याट्री तथा चार्जिङ साइकलको महिनौको परिक्षण पनि गरिएको बताइएको छ । चार्जिङ शक्तिलाई बृहत्त ५० वाट (१०भी ५ए) सम्म पु¥याउने सुपर भोकलाई यस प्रमाणिकरणले बास्तवमै सुरक्षित प्रमाणित गरिदिएको कम्पनीले बताएको छ।
प्रमाणिकरण प्रक्रिया अन्तर्गत औद्योगिक आवश्यकता अधिक १ हजार ट्रायल परिक्षण, ६ सय स्वतन्त्र फास्ट चार्ज÷डिस्चार्ज ब्याट्री लाईफ परिक्षण र चार्जिङ टर्मिनल्समा १० हजार हट प्लग परिक्षण गरिएको जानकारी दिइएको छ । यी परिक्षण र नतिजाले मोबाइलको फास्ट चार्जिङ प्रविधि सुरक्षित र विश्वासिलो रहेको प्रमाणित गरेको छ । वैश्विक प्रमाणिकरण र ब्यापक बौद्धिक सम्पत्ति रणनीतिक साझेदारीहरुका साथमा ओपोले उपभोक्ताका लागि थप सुरक्षित र सरल फ्ल्याशचार्जिङ अनुभव दिइरहेको कम्पनीको दाबी छ।
सुपरभोकप्रविधिका साथमा स्मार्टफोनले मात्र १० मिनेटको अन्तरालमा फोनको ब्याट्रीलाई ४०% सम्म चार्ज गर्ने क्षमता पाउँछन् । सुपरभोक फ्ल्याशचार्जले ५ तहको सुरक्षापनिप्रदान गर्छ । यसले फोन चार्जमा रहेको अवस्थामा सुरक्षाको सुनिश्चितताप्रदान गर्छ । य