जर्मनीले ओप्पोको ‘र्यापिड चार्ज प्रविधि, भोल्टेज ओपन लुप मल्टि–स्टेप कन्स्ट्याण्ट–करेण्ट चार्जिङ’(भोक)लाई मान्यता दिएको छ ।
‘भोक’ प्रविधिले स्मार्टफोनको ब्याट्री १० मिनेटमा ४० प्रतिशत सम्म चार्ज गर्ने कम्पनीले जनाएको छ।यो प्रविधि ओप्पो एफनाइनमा पनि उपलब्ध गराएको छ।
हाल विश्वभर १० करोड भन्दा बढी स्मार्टफोनमा यो प्रविधिको प्रयोग भइसकेको छ।भोक प्राविधिकलाई प्रदान गरिएको यो सुरक्षा प्रमाणिकरण बिभिन्न परिक्षण पछि प्रदान गरिएको हो।
त्यसैगरी, दैनिक प्रयोगमा सुरक्षाको सुनिश्चितताका लागि ब्याट्री तथा चार्जिङ साइकलको महिनौ परिक्षण गरिएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार प्रमाणिकरणका लागि १ हजार ट्रायल परिक्षण, ६ सय स्वतन्त्र फास्ट चार्ज÷डिस्चार्ज ब्याट्री लाईफ परिक्षण र चार्जिङ टर्मिनल्समा १० हजार हट प्लग परिक्षण गरिएको हो।
सुपरभोक फ्ल्याश चार्जले ५ तहको सुरक्षा प्रदान गर्छ। यसमा रहेका चिप्सले चार्जिङ प्लग, यूएसबी केबल, मोबाइल फोन र ब्याट्रीलाई छुट्टा छुट्टै तहमा सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ।जर्मनीको कोलोग्नमा मुख्यालय रहेको टीयूभी ह्रायनल्याण्ड प्राविधिक परिक्षण सेवा र प्रमाणिकरण संस्था हो।