सिटिसी मोबाईल हब सुन्धारामा यही माघ १२ गते शनिबार देखि एक हप्ताको लागी मेघा एक्सचेन्ज मोबाईल मेला सुरु भएको छ।
मोबाईल एक्सचेञ्ज अफरका साथै एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा अफर मेलाको आकर्षण रहेकोे छ । जहाँ सबै भन्दा घेरै भेरायटि र सबै भन्दा धेरै मोबाईल ब्राण्ड उपलब्ध रहेका छन् ।
मोबाइल मेलामा ग्याजेट पारखीहरुले आफुलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याक लगायतका सामाग्री किस्ताबन्दीमा किन्न पाउने छन् । त्यस्तै जस्तो सुकै पुरानो मोबाईल लगेर नयाँ मोबाइल साट्न पाइने पनि आयोकले जानकारी दिएको छ ।
मोबाईलको नयाँ गन्तब्य सिटीसी मोबाईल हब सुन्धारामा मोबाईल पारखीहरुले मेघा एक्सचेञ्ज मेला अवधिभर विशेष छुटमा ग्याजेट्स किन्न सक्नेछन भने ६० मिनटमा फेस टू फेस मोबाइल मर्मतको सेवा पनि लिन सक्नेछन् ।
निशुल्क पार्किगंको व्यवस्था गरेको हबले अवलोकनकर्तालाई लक्की ड्रबाट आकर्षक उपहार पनि बितरण गर्ने जनाएको छ ।