स्मार्ट टेलिकम कम्पनीले इजिलोन अफर ल्याएको छ।
यससँगै स्मार्टका ग्राहकले आफ्नो ब्यालेन्स .१ रुपैयाँ वा सोभन्दा कमभएमा ८ज्ञद्दढ८ज्ञण्३ डायल गरी. १० रुपैयाँ व्यालेन्स प्राप्त गर्नसक्ने कम्पनीको भनाइ छ। ब्यालेन्स १ वा सोभन्दा कम भएमा सहजै लोन प्राप्त गरी कुराकानीलाई निरन्तरता दिनसकिने छ।
लोन लिइएको रकम र सेवाशुल्क भने अर्को पटकको रिचार्जमा कट्टा गरिने छ।कम्पनीका अनुससार ग्राहकले रिचार्ज नगरेको खण्डमा पनि आगमन कलहरु सुचारु हुने छन् तर पुनः लोन लिन भने सकिने छैन। यो सेवा लिन स्मार्टको सिमकार्ड ६ महिना प्रयोग गरिएको हुनु पर्ने छ ।
साथै स्मार्टका ग्राहकले नेट टिभी डाउनलोड गरी लगइनमा आफ्नो मोबाइल नम्बर राखि न्यूनतम शूल्कमा नेटटिभिमा उपलब्ध हुने प्रिमियम च्यानल हेर्न सकिने कम्पनीको भनाइ छ।
यस अन्तर्गत ग्राहकले साप्ताहिक सदस्यताको लागि २९ रुपैयाँ, १४ दिनको लागि ५२ रुपैयाँ तथा एक महिना(३० दिन)को लागि ८७ रुपैयाँ तिरी नेटटिभिको सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।