ओप्पोले ‘ब्रिनो’ फोन सार्वजनिक गरेको छ।
फोन पहिलो चरणमा चाइनामा सार्वजनिक गरेको कम्पनीको भनाइ छ। फोन सिक्ने क्षमताको सम्मिश्रणका साथ प्रयोगकर्तालाई प्राकृतिक मल्टिमोडल अन्तरक्रिया मार्फत ब्यक्तिगत ईन्टेलिजेन्ट सर्भिस दिने ‘ईन्टेलिजेन्ट एसिस्टेन्ट’ रहेको कम्पनीको. दाबी छ।
‘ब्रिनो’ले आप्पाोको हार्डवेयर, सफ्टवेयर र सर्भिस प्ल्याटफर्मबीच समन्वय गरी प्रणालीगत अन्तरक्रिया गर्न मिल्ने प्राविधिक फ्रेमवर्कको निर्माण गर्ने कम्पनीले जनाएको छ।
फोनले प्रयोगकर्ताका आवश्यकता समेत बुझ्ने ओप्पोका ग्लोबल भाइस प्रेसिडेन्ट तथा सफ्टवेयर ईञ्जिनियरिङ विजनेस विभागका अध्यक्ष एण्डि वुको दाबी छ।
‘ब्रिनो’का साथै कम्पनीले बेईजिङमा आयोजित ओप्पो डेभलपर्स कन्फरेन्स सम्मेलन मार्फत ग्राभिटी प्लानको पनि घोषणा गरेको छ।
यस योजनाको उद्देश्य एक बिलियन आरएमबी लगानीका साथ डेभलपर्सको सशक्तीकरण मार्फत ग्लोबल पार्टनर्स र डेभलपर्ससंग सहकार्यगर्दै ईन्टेलिजेन्ट सर्भिस ईकोलोजीको निर्माण गर्नु रहेको ओप्पोले जनाएको छ।