नूबियाले नेपाली बजारमा आफ्ना फोनको मूल्य घटाएको छ।
नूबिया फोनको नेपालका लागि आधिकारीक बितरक आइटिपी नेपालले चार मोडल जेड १७ मिनी, जेड १७ लाइट, जेड १७ मिनी एस र भी १८ स्मार्टफोनको अधिकतम बजार मूल्य घटाएको कम्पनीले जनाएको छ।
कम्पनीले जेड १७ मिनी स्मार्टफोनको मूल्य २३ हजार कायम गरिएको छ। यस अघि यसको बजार मूल्य २४ हजार ५ सय रुपैयाँ थियो।
जेड १७ लाइटको मूल्य २६ हजार ५ सय रुपैयाँ राखिएको छ। यस अघि यो फोन २८ हजार ५ सय रुपैयाँमा बिक्री गरिँदै आएको थियो।
नूबिया जेड १७ मिनी एसको नयाँ मूल्य २८ हजार रुपैपयाँ छ। यस अघि यो फोनको बजार मूल्य २९ हजार ५ सय रुपैयाँ थियो।
नूबिया भी १८ को मूल्य २५ हजार रुपैयाँ कायम गरेको छ। यस अघि यो फोनको बजार मूल्य २८ हजार रुपैयाँ रहेको थियो।नूबियाका स्मार्टफोन नयाँ बजार मूल्यमा नेपालभर उपलब्ध रहेको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार जेड १७ लाइट र जेड १७ मिनी एस स्मार्टफोनमा स्न्यापड्रागन ६५३ प्रोसेसर राखेको छ। यसमा ६जीबी र्याम, ६४ जीबीको स्टोरेज रहेको छ। ड्यूल रियर क्यामरा भएका स्मार्टफोनमा ३२ सय एमएएचको ब्याट्री ब्याकअप तथा फिंगरप्रिन्ट सेन्सर छ ।