नेपाल टेलिकमले हालसम्म पोष्टपेडमा मात्र दिंदै आएको रोमिङ सेवा प्रिपेडमा पनि शुरु गरेको छ।
१५ औं वार्षिकोत्सबको अवसरमा टेलिकमले प्रिपेडमा पनि परीक्षणका रुपमा रोमिङ सेवा शुरु गरेको हो।सन् २००१ बाट शुरु गरेको थियो। पोष्टपेडमा यो सेवा लिनका लागि १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्छ। तर प्रिपेडमा भने भएकै ब्यालेन्सबाट लिन सकिनेछ।
नेपाल बाहिर जाँदा पनि यहीकाे सिमकार्डबाट कुरा गर्न मिल्ने सेवा राेमिङ हाे। याे सेवा तुलनात्मक रुपमा महंगाे हुन्छ।
तत्काल यो सेवा चीन र भारतमा मात्र हुने छ।