नेपाल टेलिकमले १५ औं बार्षिकोत्सवको अवसरमा विभिन्न सेवामा ग्राहकहरुलाई प्याकेज तथा छुटको अफर ल्याएको छ। भ्वाइसदेखि डेटासम्मका सेवामा कम्पनीले अफरको घोषणा गरेको हो।
फागुन २२ गतेसम्म लागू हुनेगरी नेपाल टेलिकमकाे एप्लीकेशन डाउनलोड तथा रजिष्टर गर्नेले सय एमबी डेटा निशुल्क पाउनेछन्। त्यस्तै जिएसएम पाेस्टपेड ग्राहकले महिनामा ९ सयको प्याकेज लिएपछि महिनामा २ जिबी डेटा, ५ सयको निशुल्क स्राेत दिंदै आएको टेलिकमले अब ३३ सय एमबी डेटा पनि उपलब्ध गराउने छ।
माघ २3 देखि फाल्गुन ८ सम्म दर्ता हुने नयाँ जिएसएम पाेस्टपेड ग्राहकले ३ महिनासम्म प्रति महिना १ जिबी डेटा, सय मिनेट कल निशुल्क पाउने छन्।
नेपाल टेलिकमले टुरिष्ट प्याकेज पनि ल्याएको छ। यसमा ५ सयमा ५ जिबी डेटा, ५० मिनेट कल तथा ५० वटा एसएमएस तथा सय रुपैयाँको अन्तर्राष्ट्रिय कल समेत गर्न सकिने छ। यही प्याकेजमा हजार रुपैयाँको रिचार्जमा १० जिबी डेटा सय मिनेट कल र सय एसएमएस तथा २ सय रुपैयाँको अन्तर्राष्ट्रिय कल समेत गर्न सक्नेछन्।
माघ २२ मा शुरु भएर ९० दिनसम्म चल्ने अफरमा टेलिकमले दैनिक, साप्ताहिक र मासिक चाइना कल प्याकेज ल्याएको छ। जसमा ३५ रुपैयाँमा १० मिनेट,१५० रुपैयाँमा ४५ मिनेट र ५ सय रुपैयाँमा १६५ मिनेटसम्म उपभाेक्ताले फाेन गर्न पाउनेछन्।
यस्तै टेलिकमले २०७४ असारसम्मको टेलिफोन बक्यौता बांकी रहेका सर्बसाधारणले २०७६ असार मसान्तसम्म बक्यौता रकम बुझाएमा सम्पूर्ण जरिवाना छुट दिने घोषणा गरेको छ।
नेपाल टेलिकमले एडिएसलबाट फाइबर टु हाेम सेवामा जान चाहने ग्राहकलाई अफर ल्याएको छ। १ वर्षदेखि नियमित एडिएसएल सेवा लिइरहेकाले फाइबरको ३ महिनाको प्याकेज लिन चाहेनमा फाइबर सिपिइ निशुल्क पाउने छन्।
नेत्रहिन संघको सिफारिसमा नेत्रहिन ब्यक्तिहरुबाट प्रयोग भईरहेका मोबाईलहरुमा रु.५०, रु.२०० र रु.३००को अल टाइम डेटा प्याकेज खरिदमा शत प्रतिशत बोनस तथा रु.२०० को प्याकेज खरिदमा पचास प्रतिशत बोनस उपलब्ध गराउने कम्पनीले घाेषणा गरेको छ । यो योजना ९० दिनसम्म लागु हुने छ ।
मोबाइल प्वाइन्ट अफ सेल्स(एमपोस) को माध्यमबाट कम्पनीको सेबाहरुमा रिचार्ज तथा भुक्तानी गर्दा पाँच प्रतिशतका दरले ग्राहकहरुलाइ बोनस रकम ६ महिनासम्म दिने टेलिकमले जानकारी दिएको छ।