ओप्पोको एफ सिरिज अन्तर्गत सार्वजनिकको तयारीमा रहेको नयाँ स्मार्टफोन ‘ओप्पो एफ११ प्रो’मा प्रभावकारी स्क्रिन टू बडी रेसियो सहितको फुल स्क्रिन हुने कम्पनीले जानकारी दिएको छ।
फोनमा एफ सिरिज अन्तर्गतका उत्कृष्ट सेल्फी फँसनका साथै नयाँ फोनमा एफ नाइनको स्लिक ग्राडियण्ट डिजाइन र विभिन्न नयाँ प्रविधि उपलब्ध गराइने भएको छ।
कम्पनीका अनुसार सार्वजनिक हुने तयारीमा रहेको यस फोनान ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली र राइजिङ क्यामेरा जडान गरिएका छन।
यसले उपभोक्तालाई थप आरामदायी र उत्कृष्ट प्रयोगको अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।फोनलाई नोच रहित बनाउन तथा आकर्षक फुल स्क्रिनका लागि यसमा पानारोमिक स्क्रिन डिजाइनको प्रयोग गरिएको छ।
परम्परागत मोबाइलसंग तुलनात्मक रुपमा यस फोनमा रहेको ६.५३ ईञ्च डिस्प्ले स्क्रिन र ९०.९ प्रतिशतको स्क्रिन टू बडी रेसियोले ठूलो आकारमा तस्वीर र दृष्य खिच्ने छ।
यसले मोबाइल गेमर्स तथा मूभी लभर्सलाई अदृतिय दृष्यानुभव र उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।
फोनको उत्कृष्ट सेल्फी फोटोग्राफी उपभोक्ता माझ लोकप्रिय हुनुका साथै यसले ओप्पोको स्थान बजारमा दरिलो बनाउँदै गएको छ।
एफनाइनको उत्कृष्ट डुअल रियर क्यामेरा र पोट्रेट प्रविधिमा परिस्कृतीकरण उपलब्ध गराउँदै ओप्पोको एफ११ सिरिजले एफ सिरिजलाई नयाँ उचाई र लोकप्रियता प्रदान गर्दै आफ्नो परिचय सेल्फी एक्स्पर्टबाट ब्रिलियण्ट पोट्रेटका रुपमा स्थापित गर्न अग्रसर रहेको कम्पनीले जनाएको छ।
यी फिचर्सका साथै, ओप्पो एफ११ सिरिज मार्फत कम्पनीले स्मार्टफोनसंग सम्बन्धित अत्यधिक तात्ने, ब्याट्री लगायत समस्याको सामाधान गराउँदै समग्र प्रयोगकर्ता अनुभवमा उत्कृष्टता दिने प्रयास गरेको कम्पनीको भनाइ छ।