नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोनपे’को मोबाईल एप डाउनलोड गर्नेको संंख्या दश लाख नाघेको छ।
यो संख्या नेपालका बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक कम्पनी मध्ये सबैभन्दा बढी भएको कम्पनीको दाबी छ।कम्पनीका अनुसार मोबाईल तथा इन्टरनेट मार्फत भुक्तानी गर्न नेपालीहरु अभ्यस्त हुँदै गएकाले एप डाउनलोड गर्नेको संख्या बढेको हो। कम्पनीका १५ लाख ग्रहाक मध्ये मोबाईल एपबाट कारोबार गर्नेको संख्या १० लाख पुगेको हो।
यस्तै देशभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङ मार्फत ७५ लाख बढीले इसेवाका सेवा लिइरहेको कम्पनीले जानकारी दिएको छ। हाल इसेवाका देशभर करिब ५० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्।
मोबाईललाई कुराकानी गर्ने माध्यमबाट भुक्तानी सेवा, रेमिट्यान्स्, किनमेल तथा वित्तीय कारोबार गर्ने साधनका रूपमा स्थापित गर्ने क्रम
बढाएर ग्रामिण भेगसम्म मोबाईल वित्तीय सेवालाई अझ व्यापक बनाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाको भनाइ छ।
इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बस टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई सय ५० बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।
इसेवाका ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।