नेपाल टेलिकमले ‘नयाँ वर्ष अफर २०७६’ को अवसरमा नयाँ योजना ल्याएको छ ।
योजनामा कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ। सो प्याकमार्फत ३ जिबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार प्याकको अवधि खरिद गरेपछि ५ दिनसम्म रहने छ। सो प्याक २०७५ चैत ३० देखि २०७६ बैशाख २ (३ दिन) सम्म खरिद गर्न सकिने छ।
प्याक प्राप्त गर्नका लागि ग्राहकले ८ज्ञद्धज्ञछ३ मा डायल गर्नु पर्नेछ। कम्पनीको एप ‘नेपाल टेलिकम’बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ। त्यसैगरी कम्पनीको वेबसाइट धधध।लतअ।लभत।लउ मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।