महालेखा परीक्षकको कार्यालयले नेपाल सरकारका उपभोक्त हित सम्बन्धि काम गर्ने निकायलाई दूरसञ्चार कम्पनीको सेवा अत्याधिक महंगो भएकोले अनुगमन गर्न सुझाएको छ। उसले ५६ औं प्रतिवेदनमा विश्वका विभिन्न देशका टेलिकम कम्पनीहरुको सञ्चालन मुनाफासँग तुलना गर्दै नेपाली कम्पनीको त्यस्तो नाफा अत्याधि देखिएको उल्लेख गरेको छ।
विश्वका विभिन्न क्षेत्रका देशहरुको अध्ययनसहित प्रस्तुत सुझावमा उसले नेपालका टेलिकम कम्पनीले अत्याधिक मुनाफा लिइरहेको बताइएको छ। चीन, अमेरिका, युरोप, भारत, मलेसिया, जापानजस्ता देशमा रहेका टेलिकम कम्पनीहरुले ४० प्रतिशतभन्दा न्यून सञ्चालन मुनाफा आर्जन गरेको भएपनि नेपाल टेलिकमले ५८ र एनसेलले ६२ प्रतिशत आर्जन गरेको बताएको छ।
यसरी कम्पनहरुले नाफा धेरै लिंदा त्यसको मार उपभोक्तालाई महंगो परिरहेकाले सरकारका उपभोक्ता हितसँग काम गर्ने निकायलाई सिफारिस गरिएको महालेखा परीक्षक टंकमणी शर्माले जानकारी दिए।
यसरी सञ्चालन नाफामा अत्याधिक अन्तर हुनुको औचित्यता सम्बन्धमा नियमनकारी निकायले विश्लेषण नगर्दा उपभोक्ताले नियमित मार खेपीरेहको महालेखाको ठहर छ।