ओप्पोका एफ सिरिज अन्तर्गत सार्वजनिक हुने तयारीमा रहेको स्मार्टफोन, ‘एफ११ प्रो’मा नयाँ क्यामेरा प्रणालीको प्रयोग गरेको कम्पनीको भनाइ छ।
यस प्रणाली अन्तर्गत फोनको अगाडि राइजिङ क्यामेरा र रियर क्यामेराको रुपमा ४८ एमपी क्षमताको क्यामेरा उपलब्ध गरिएको छ।
एफ सिरिज अन्तर्गतका उत्कृष्ट सेल्फी फङ्सनका साथै फोनमा एफ नाइनको स्लिक ग्राडियण्ट डिजाइन र पानारोमिक स्क्रिन पनि रहेको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार स्मार्टफोनको डिजाइन अनुकुलन गरी फोनको माथिल्लो मध्य भागमा १६एमपी फ्रण्ट क्यामेरा जडान गरिएको छ। आवश्यकता अनुसार राइज हुने (निस्कने) र प्राकृतिक देखिने सेल्फी लिन सघाउने यो राईजिङ क्यामेराले फोनको बेजल घटाउन सघाएको छ।
१६एमपी फ्रण्ट कयामेरा लुकाउन सघाउने, स्लाइडिङ प्रणाली राखिएको यो प्रविधिले नोइजलाई विस्थापन गर्न सघाएको कम्पनीले जनाएको छ।
यसको पारदर्शी डिजाइनले सटिक टच दिने र फोनको पानारोमिक स्क्रिन डिजाइनले फ्रण्ट क्यामेरा लुकाएर फोनलाई नोइज लेस बनाउनुका साथै पूm स्क्रिन अनुभव दिने कम्पनीले जानकारी दिएको छ।
परम्परागत मोबाइलसंग तुलनात्मक रुपमा यस फोनमा रहेको ६.५३ ईञ्च डिस्प्ले स्क्रिन र ९०.९ प्रतिशतको स्क्रिन टू बडी रेसियोले ठूलो आकारमा तस्विर र दृष्य खिच्ने समेत कम्पनीको दाबी छ।