ओपोले आगामी सोमबार आफ्नो नयाँ मोबाइल फोन सार्वजनिक गर्ने घोषणा गरेको छ।
एफ सिरिज अन्तर्गत सार्वजनिक हुने नयाँ एफ ११ निकै आकर्षक फोन रहेको ओपोले जनाएको छ। सुपर फास्ट चार्जिङका साथ दूई स्लिक, ग्राडियण्ट रंग र पृथक रियर डिजाइन सहितको सो फोन उत्कृष्ट फिर्चस र डिजाइनले भरिपुर्ण रहेको कम्पनीले दाबी गरेको छ।
४८एमपी अल्ट्रा क्लियर क्यामेरा प्रणाली, राईजिङ क्यामेरा, पानोरामिक स्क्रिन लगायतका विशेषता फोनमा छ। ४ हजार एमएएच ब्याट्री सहितको फोनमा कम्पनीद्वारा स्व–विकसितभोक ३.० फास्ट चार्जिङ प्रविधि पनि उपलब्ध गराएको छ । एफ११ प्रोमा उपलब्ध भोक ३.० ले फोनको चार्जिङका लागि घण्टौँ कुर्नु पर्ने झञ्झटबाट उपभोक्तालाई छुटकारा दिने कम्पनीले बताएको छ।
यो प्रविधिको सहायताले,मात्र केही क्षणको चार्जिङ बाटै केही घण्टाका लागि पर्याप्त टकटाइम प्राप्तगर्न सकिन्छ । भोल्टेज ओपन लुप मल्टि–स्टेप कन्स्ट्यान्ट–करेण्ट (भोक)लाई पहिलो पटक कम्पनीले सन् २०१८मा सार्वजनिक गरेको थियो । यो चार्जिङ समाधानले तिब्र गतिको चार्जिङ मात्र नभइ उपभोक्तालाई फोन तात्ने लगायत समस्याबाट समेत सुरक्षा प्रदान गरेको छ ।
ओपो एफ११ प्रोका साथमा सार्वजनिक हुने भोक ३.० ले बजारमा उपलब्ध समान ४ हजार एमएएच ब्याट्री क्षमता सहितका फोनको तुलनामा तिब्र चार्जिङ समाधान प्रदान गर्ने कम्पनीको दावी छ ।
ओपोको नयाँभोक ३.० चार्जिङ प्रविधिले ट्रिकल चार्जिङ गतिमा भोल्टेज न्यूनिकरण मार्फत सुधार प्रदानगर्दै चार्जिङको लागि लाग्ने समयमा २० प्रतिशतसम्मले न्यूनिकरण ल्याउँछ ।
यो फिचर विशेषगरी स्मार्टफोनको अत्याधिक प्रयोग गर्ने मोबाइल गेमर्सका लागि उपयोगी छ ।