अबको दुई वर्षमा देशका अधिकांस भाग अप्टिकल फाइबरले जोडिने भएका छन्। हालसम्म सघन वस्ती र सिमति सहरी क्षेत्रमात्र जोडेको यो प्रविधिले आबको दुईवर्षभित्र करिबकरिब नेपालका सबै ठाउँलाई जोड्ने भएको हो।
यसको मुख्य सारथी भनेको नेपाल टेलिकम हो। जसले प्रदेश १ देखि ३ सम्म २ हजार १७९ किलोमिटर क्षेत्रफलमा अप्टिल फाइबर विस्तार गरिसक्ने छ। नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दुरसञ्चार कोषको रकमबाट मध्य पहडी क्षेत्रसँग उत्तरदक्षिण करिडोरबाट नेपालभर अप्टिकल विस्तार गर्ने योजना ल्याएको छ। त्यसमा १ देखि ३ सम्मका प्रदेशमा नेपाल टेलिकमले जिम्म पाएको छ।
४, ५ र ६, ७ गरी दुई प्याकेजका ठेक्का पनि प्राधिकरणले लगाएको छ। यसमा ४ र ५ मा ठेक्क पाएको युटिएलले काम नगरेपछि सरकारले ठेक्का तोड्न निर्देशन दिएको छ। ६ र ७ मा स्मार्ट वल्र्डंलिंकले काम गरिरहेको छ।
नेपाल टेलिकमले जिम्मा पाएको क्षेत्रमा निकै ढिलागरीमात्र काम शुरु हुने भएको छ। टेलिकमले अप्टिकल विस्तारका लागि बल्ल ठेक्का सम्झौता गरेको छ। सम्झौता भएको २ वर्षभित्र काम सम्पन्न हुने टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए। ्
यसको जिम्मा टेलिकमले चिनियाँ कम्पनीलाई दिएको छ।