आज तस्बिर- चैत २४
आज तस्बिर- चैत २४
महिलालाई ढाका बुन्ने तालिम ।  भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ स्थित कोटमा ढाका बुनाई तालिम लिँदै महिला। वडाले महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तीन महिने तालिम सञ्चालन गरेको हो। उक्त तालिममा वडाभरिका १४ जना महिला सहभागी छन्। तस्बिर: युवराज विष्ट/रासस
आज तस्बिर- चैत २४
किसानद्वारा निर्मित बोयर बाख्राको प्रतिमा ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–३ स्थित तमोरकरिडोरसँगै रहेको पालिकाको बाख्रा पकेटक्षेत्र कुशेटारमा किसानले निर्माण गरेको उन्नत जातको बोयर बाख्राको प्रतिमा। जिल्लामा ५० वटा बाख्रा फार्म सञ्चालनमा रहेको पशुसेवा कार्यालय धनकुटाले जनाएको छ। तस्बिरः नारायणकुमार राई/रासस
आज तस्बिर- चैत २४
गुर्जा र चुरेन हिमाल ।  म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित ताकमबाट देखिएको गुर्जा र चुरेन हिमाल। तस्बिरः कमल खत्री/रासस
आज तस्बिर- चैत २४
यातायातका साधन खच्चड ।  मनाङको सदरमुकाम चामेकोतोबाट खच्चडमा सामान ढुवानी गरी नारफु लगिँदै। सडक सञ्जालले नछोएको नार्पभूमिवासीलाई खाद्यान्नलगायत विकास निर्माणका सामग्री ओसार्न खच्चडको भर पर्नु परेको छ। तस्बिर: नवीन लामिछाने/रासस
आज तस्बिर- चैत २४
गैरी गाउँका तनाव ।  काठमाडौं महानगरपालिकाले अवैध रूपमा सुकुम्बासी बस्ती बसेको भन्दै गैरी गाउँका संरचना भत्काउन डोजर पठाएपछि त्यहाँका बासिन्दाले विरोध गरेका छन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्