आजका तस्बिर- चैत २७
आजका तस्बिर- चैत २७
तुइनको यात्रा ।  छेडागाड नगरपालिका-६ र जुनिचाँदे गाउँपालिका -४ को बीचमा रहेको कालीखोलामा पुल निर्माण नहुँदा तुइनको सहयोगमा खोला तर्दै स्थानीय। यहाँ मोटरेवल पुल निर्माणका लागि दुई वर्षअघि ठेक्का लागे पनि ठेक्का पाएको कम्पनीले निर्माण कार्य गरेको छैन। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर- चैत २७
अन्नपूर्ण हिमाल र फेदीमा मर्स्याङ्दी नदी ।  मनाङ चामे-३ कोतोबाट देखिएको अन्नपूर्ण दोस्रो हिमाल र फेदीमा बगेको मर्स्याङ्दी नदीको दृश्य। तस्बिर: नवीन लामिछाने/रासस
आजका तस्बिर- चैत २७
मकै खेती ।  सिन्धुली गोलञ्जोर-१ च्याकुटारबेशी फाँटमा मकै खेतीको हरियाली। तस्बिर: नारायण न्यौपाने/रासस
आजका तस्बिर- चैत २७
अवलोकन गर्दै पर्यटक ।  काठमाडौंको हनुमानढोकास्थित दरबार क्षेत्रमा सोमबार अवलोकन गर्दै विदेशी पर्यटक। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- चैत २७
राष्ट्रिय युवासंघ नेपालको महाधिवेशन ।  राष्ट्रिय युवासंघ नेपालको सोमबार नेपालगन्जमा सुरू भएको नवौं राष्ट्रिय महाधिवेशनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नौ केजीको माला लगाइँदै। तस्बिरः रूपनी जि एम/रासस
प्रतिक्रिया दिनुहोस्