आजका तस्बिर- चैत २८
आजका तस्बिर- चैत २८
फुलेको काँयो सल्ला ।  सुर्खेतको वीरेन्द्रनगरमा सडकको किनारामा ढकमक्क फुलेको काँयो सल्ला । स्थानीय बोलीचालीको भाषामा काँयो सल्ला भनिने यो रुखको वैज्ञानिक नाम ग्रेभिल्ला रोबुस्टा हो। तस्बिर: सुरेश आचार्य/रासस
आजका तस्बिर- चैत २८
च्याब्रुङ स्तम्भ ।  ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा राखिएको च्याब्रुङ स्तम्भ। च्याब्रुङ नेपालको पूर्वी पहाडमा वसोवास गर्ने लिम्बू समुदायको परम्परागत लोक बाजा हो। लिम्बू समुदायले आफ्नो शुभकार्यमा च्याब्रुङ बजाएर विशेष नाच नाच्ने गर्दछन्। तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- चैत २८
गहुँको भुस लैजाने तयारी ।  कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-२ का किसान खेतमा गहुँ थ्रेसिङ गरी निस्केको भुस गोरू गाडामा राखेर घरतर्फ लैजाने तयारी गर्दै। गहुँको भुस भण्डारण गरी किसानले पछि पशु चौपायालाई घाँससँग मिसाएर खुवाउने गर्दछन्। तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
आजका तस्बिर- चैत २८
ट्होटें र्‍याली ।  तमु समुदायको एतिहासिक, साँस्कृतिक पर्व ट्होटेंका अवसरमा तमु धिं नेपालले आयोजना गरेको र्‍यालीमा सहभागीहरू। तस्बिरः धनबहादुर गुरूङ/रासस
आजका तस्बिर- चैत २८
चिडियाखाना घुम्न टिकट लिनेको भीड ।  ललितपुरको जावलाखेलमा अवस्थित नेपालको एकमात्र राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखाना घुम्नका लागि टिकट लिने सर्वसाधारणको भीड। तस्बिरः अर्चना झा/रासस
प्रतिक्रिया दिनुहोस्